पाकिस्तान एकेडमी अफ लेटर्स, इस्लामाबादले ‘नेपालकी आवाज’ नामक अनुवाद संग्रह प्रकाशन गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले पाँच वर्षको अवधिमा प्रदेशमा ७६९ किलोमिटर सडक कालोपत्रे गरेको छ।
प्रतिनिधि सभाको अर्को बैठक माघ ५ गते बस्ने भएको छ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले अर्को बैठक माघ ५ गते जानकारी गराउनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट ऐतिहासिक बहुमतसहित विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँले सदनमा उपस्थित सदस्य सङ्ख्याको दुई तिहाइभन्दा बढी मत प्राप्त गर्नुभएको छ।
गृह मन्त्रालयको निर्देशनपछि मापदण्डविपरीत सञ्चालित सर्लाहीका आठ क्रसर उद्योग बन्द गराइएको छ । बन्द गराइएको आठ क्रसर उद्योगमध्ये पाँच उद्योग बागमती नगरपालिकाभित्रका रहेका छन् ।
सरकारले बालबालिकालाई दादुरा र रुबेला भाइरसबाट बचाउन नौ देखि १५ महिना पुगेका बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन आग्रह गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासामु प्रस्तुत गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभएको छ । मङ्गलबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको रूपमा विश्वासको मत माग्नुभएपछि उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चा पार्टी (राजमो) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावलाई समर्थन नगर्ने भएका छन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षले नै सरकारको समर्थन गरेपछि देश झनै सङ्कटमा जानसक्ने आशङ्का व्यक्त गर्नुभएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले पेट्रोल पम्पलाई ‘रिफ्रेस्मेन्ट सेन्टर’का रूपमा स्थापित गर्न आग्रह गर्नुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियता एवम् स्वाभिमानको रक्षाका लागि वर्तमान सरकारले सन्तुलित परराष्ट्र नीतिको अवलम्बन गर्नुपर्ने बताउनुभएको छ।
मङ्गलबार नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से कारोबारको सुरुवातमा ६५ अङ्कभन्दा बढी अङ्कले बढेको नेप्से अन्तिम समयमा आएर गिरावट आएको छ ।
तनहुँमा जिल्लामा अवैधरुपमा सञ्चालनमा रहेका २० क्रसर उद्योग बन्द गराइएको छ । पुस २० गते गृह मन्त्रालयले मापदण्डविपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरे बमोजिम बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
तीन दशकअघि धनुषाको मुख्य खाद्यान्न बालीमध्ये एक कोदो (मरुवा) खेती अहिले लोप हुने अवस्थामा पुगेको छ । कोदो बालीलाई माडेर झार्ने भएकाले कतिपय स्थानमा मडुवा मात्रै भनेर पनि चिनिन्छ ।
फिफा विश्वकप उपविजेता फ्रान्सका कप्तान एवं गोलरक्षक ह्युगो लोरिसले अन्तर्राीष्ट्रय फुटबल खेलबाट सन्यासको घोषणा गर्नुभएको छ । विश्वकप सकिएपछि सन्यास लिने योजना बनाउनुभएका लोरिसले तीन सातापछि सन्यासको घोषणा गर्नुभएको हो ।