नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक केहीबेरमा बस्दैछ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माका अनुसार मंगलबार बिहान ११ः३० मा सो बैठक बस्न लागेको हो ।
प्रतिनिधि सभा बैठक दिउँसो १ बजेका लागि सरेको छ । सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ११ बजेलाई तोकिएको बैठक १ बजेका लागि सरेको बताउनुभयो ।
बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त शालिकराम जम्कट्टेलले आज मङ्गलबार पद तथा गोपनियताको सपथ लिनु भएको छ ।
नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्रीलाई शर्तसहित विश्वासको मत दिने निर्णय गरेको छ ।
स्वास्थ्यकर्मी घरघरमै आएर सुत्केरीको स्वास्थ्य अवस्था बुझ्न थालेपछि दैलेखको भगवतीमाई गाउँपालिका–३, मेहलतोलीकी सरिता बुढा आश्चर्यचकित हुनुभएको छ। जब कि अघिल्ला वर्षमा स्वास्थ्य संस्थामै जाँदासमेत स्वास्थ्य सल्लाह र सेवा पाउन मुस्किल थियो। पालिकाका अधिकांश स्वास्थ्य संस्थाबाट सुत्केरी महिलाको घरघरमै पुगेर स्वास्थ्य हेरचाह र पोसिलो खानाबारे परामर्श दिन थालिएको छ। सुत्केरी सरिताले भन्नुभयो, “घरमै आएर स्वास्थ्यसम्बन्धी परामर्श पाएँ, खुसी लाग्यो।”
दार्चुलाको मालिकार्जुन गाउँपालिका–४, हुनैनाथका ७४ वर्षीया अनिता धामीको घरमै पुगेर उहाँलाई नागरिकता प्रदान गरिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाको टोलीले घरमै आएर नागरिकता दिएपछि धामी निकै खुसी हुनुभएको छ। स्थानीय कृष्ण धामीका अनुसार धामीलाई नागरिकता दिलाउन एक दशकअघिदेखि पहलकदमी भएको थियो। वृद्धावस्थामा नेपाली नागरिकता प्राप्त भएपछि राज्यबाट प्राप्त हुने सेवासुविधा लिन धामलाई सहज भएको छ।
तातोपानीका कारण प्रख्यात बझाङको धार्मिक एवं पर्यटकीय स्थल तपोवन क्षेत्रमा सरकारले बर्सेनि गर्दै आएको लगानी खेर गएको छ। सदरमुकाम चैनपुरबाट नजिकै रहेको तल्कोट गाउँपालिका–१ मा रहेको तपोवन क्षेत्रको विकासका लागि स्थानीय सरकार र प्रदेश सरकारले बर्सेनि बजेट विनियोजन गरेर भौतिक पूर्वाधार निर्माण गर्दै आएको छ। यद्यपि सेती नदीमा बर्सेनि आउने बाढीले क्षति पु¥याउने गरेको छ। बझाङको प्रमुख पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित सो क्षेत्रमा स्थानीय र प्रदेश सरकारले बजेट विनियोजन गर्दै आइरहेका छन्।
कैलालीमा बढेको अत्यधिक चिसोले गर्दा जनजीवन थप कष्टकर बनेको छ। केही दिनदेखि भइरहेको शीतलहर र चलेको चिसो हावाका कारण चिसो बढ्दै गएको हो। हुस्सु र शीतलहरले गर्दा दुई दिनदेखि घामसमेत लागेको छैन। घाम नलाग्दा तापक्रम घट्दै गएको छ। चिसो बढेपछि मान्छेको दैनिकीसमेत प्रभावित हुन थालेको छ। चिसोले गर्दा बालबालिका, ज्येष्ठ नागरिक, मजदुर, निम्न वर्ग र सीमान्तकृत समुदायका व्यक्ति प्रभावित भएका छन्। चिसोले अहिले सबैभन्दा बढी समस्या विद्यार्थीलाई भइरहेको छ। उनीहरू कठ्याङ्ग्रिँदै विद्यालय गइरहेका छन्।
सत्ता साझेदार दलहरूले लुम्बिनी प्रदेशमा नयाँ सरकारका लागि आज बहुमतसहितको दाबी पेस गर्ने भएका छन् ।
राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम –कोरला सडकअन्तर्गत पुल र सडक निर्माणको ठेक्का सम्झौता गरी निर्माण अलपत्र पारेर सम्पर्कविहीन भएका निर्माण व्यवसायी (ठेकेदार) काममा फर्कन थालेका छन्। पुसको पहिलो हप्ता आयोजनाले पुल र सडक निर्माणको ठेक्का लिएर लामो समय योजना अलपत्र पार्ने आठवटा निर्माण कम्पनीलाई तत्काल काममा नफर्किए ठेक्का तोडेर कालोसूचीमा राख्ने चेतावनीसहित सार्वजनिक सूचना जारी गरेको थियो। सो सूचना जारी भएसँगै ती
पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा पर्याप्त खानेपानी पु¥याउनका लागि ४८ करोड रुपियाँको लागतमा नयाँ खानेपानी आयोजनाको निर्माण कार्य सुरु भएको छ। सङ्घीय सरकारको लगानीमा सुनवल नगरपालिका–१, २, ३, ४, ५, ६ र १० का उपभोक्तालाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ नयाँ खानेपानी आयोजनाको निर्माण कार्य सुरु गरिएको सुनवल खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष खड्ग बस्नेतले बताउनुभयो। सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवलको प्रत्यक्ष निर्देशनमा सुनवलमा ४८ करोड ६६ लाख ४१ हजार ६८२ रुपियाँको लागतमा नयाँ खानेपानी आयोजना बन्न लागेको सो आयोजनाका इन्जिनियर उत्सव पोखरेलले बताउनुभयो।
गृह मन्त्रालयले देशभर रहेका अवैधानिक क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेपछि बारामा रहेका १२ वटा क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द गरिएका छन्। लामो समयदेखि सञ्चालित अवैधानिक क्रसर उद्योगहरूको विद्युत् लाइन काटेपछि जिल्लाका विभिन्न ठाउँमा रहेका अधिकांश क्रसर उद्योग हाललाई पूर्ण रूपमा बन्द गरिएका छन्। गृह मन्त्रालयले २०७९/०९/२० गते जारी गरेको पत्रको आधारमा जिल्ला प्रशासन कार्यालय, बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको संयोजकत्वमा अन्य सरोकारवाला निकायसहितको टोलीले लाइन काटेको हो।
राजेन्द्र बजगाईं नेपाली साङ्गीतिक क्षेत्रमा परिचित नाम हो। बर्दिया, बढैया तालका बासिन्दा बजगाईंको कर्मथलो राजधानी काठमाडौँ हो। गुरु तिलकसिं पेलासँग प्रशिक्षित उहाँको सान्निध्य गुरु गुरुदेव कामतसँग पनि भयो। कामतसँग प्रशिक्षण लिएपछि उहाँ मूलधारको सङ्गीतमा देखा पर्नुभयो। आफ्नो क्षमता थप निखार्न बजगाईंले गुरु चण्डीप्रसाद काफ्लेसँग अध्ययन गर्नुभयो। साङ्गीतिक क्षेत्रमा निखार आएपछि बर्दिया फर्केर उहाँले साधना सङ्गीत प्रशिक्षण केन्द्र स्थापना गर्नुभयो।