• २ असार २०८१, आइतबार

रियललाई भिल्लारियलको धक्का

blog

ला लिगामा प्रतिस्पर्धा गर्दै रियल म्याड्रिड र भिल्लारियलका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, पुस २४ गते । स्पेनिस ला लिगाको उपाधि दाबेदार रियल म्याड्रिडलाई भिल्लारियलको नमिठो धक्का लागेको छ । शनिबार राति भएको खेलमा रियल म्याड्रिड भिल्लारियलसँग उसैको मैदानमा २–१ गोलले पराजित भयो ।

हारसँगै रियलले शीर्षस्थानमा उक्कले मौका गुमाएको छ । रियलको यस हारले शीर्षस्थानमा रहेको बार्सिलोनालाई फाइदा पुगेको छ । भिल्लारियलको जितमा यारेमी पिनो र जेरार्ड मोरेनोले गोल गर्नुभयो । रियलका करिम बेन्जेमाले सान्त्वना गोल फर्काउनुभएको थियो ।

प्रतिस्पर्धात्मक खेलमा सबै गोल दोस्रो हाफमा भउको थियो । पिनोले ४७औं मिनेटमा खाता खोल्नुभएको थियो । त्यसपछि बेन्जेमाल ६०औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । ६३औं मिनेटमा जेरार्डले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाउनुभयो । त्यसपछि थप गोल नहुँदा भिल्लारियल विजयी भयो ।

जितसँगै पाँचौं स्थानमा उक्लिएको भिल्लारियलले १६ खेलबाट २७ अङ्क बनाएको छ । पराजित रियल ३८ अङ्कसहित दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको पनि ३८ अङ्क छ । बार्सिलेनाले एक खेल कम खेलेको छ ।

शनिबार राति नै भएको अन्य खेलमा मालोर्काले भालाडोलिडलाई १–० गोलले हरायो । स्पान्योल र गिरोनाले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । एजेन्सी