हे पृथ्वी ! अति धीर शूर बलवान् हे राष्ट्रका गौरव तिम्रो साहस धैर्यता अति थियो जित्दै हिँडेथ्यौँ तब हाम्रा नायक हे ! तिमी मुलुकका हौ एकताका मियो तिम्रो आँट र दूरदृष्टि सबले यो देश यौटै भयो ।
गोपाल ‘अश्क’ नेपाली, भोजपुरी र हिन्दी भाषाका सक्रिय साहित्य साधक हुनुहुन्छ । तीनवटै भाषामा समान रूपमा कलम चलाउनु हुने ‘अश्क’का ती भाषामा लेखिएका तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् । लेखनयात्रा दिनप्रतिदिन अझै सक्रिय बनिरहेको अवस्था छ । साहित्यका प्रायः सबै विधामा समान रूपमा उहाँको कलम चलेको छ । मेहनत, परिश्रम र लगनशीलता उहाँको परिचय हो ।
जीवनमा पहिलो पटक ट्रान्जिट भएर कनेक्टिङ बसको पर्खाइमा छौँ– भाइ अजय र म । दस मिनेटमा अर्को बस आइपुग्छ भनेर पहिलो बसले दोबाटोमा उतारेर गयो । समयको सुईले राति ९ बजेको सङ्केत दिँदैछ । सन् २०२० जनवरीको पछिल्लो लहर, चिसोले ठिहि¥याएको छ । मोबाइलको मुहारमा दुई डिग्री झुल्किएको देखिन्छ । सडक पेटीमा ठडिएको ल्याम्प पोस्टको धूमिल प्रकाशमा पूर्वी दिशातर्फ एकनासे घरहरू लामबद्ध रूपमा सुस्ताएको आकृति देखिन्छ । त्यसको विपरीत पश्चिमपट्टि भने विशाल तलाउ निमग्न छ । एकाध मोटर बेलाबखत बत्तिएर हुइँकिन्छन् । त्यसबाहेक चरोमुसो देखिँदैन ।
म्याग्दीको रघुगंगा गाउँपालिकाको माथिल्लो भेग हुँदै बग्ने राहु घाट नदीमा निर्माणाधीन दुई जलविद्युत आयोजनाको निर्माण तीव्र पारिएको छ ।
बिहान उठ्नेबित्तिकै हामी सुरुप्प चिया पिउँछौँ । घर आएका पाहुना वा साथीभाइलाई चिया दिएर सत्कार गर्छौं । होटल वा रेस्टुरेन्ट पस्नासाथ चिया मागिहाल्छौँ । टाढाबाट आएका पाहुना वा स्नेहीलाई चिया उपहार दिन्छौँ । हिजोआज त साना–ठूला होटलमा चिया पार्टी नै आयोजना गर्ने चलन पनि छ । यसरी चियाको तलतलले कहिल्यै छाड्दैन ।
तराईमा शीतलहरूसँगै अत्यधिक चिसो बढेपछि बारा, पर्सा र रौतहटलगायतका जिल्लामा अधिकांश सामुदायिक तथा निजी विद्यालयमा बिदा दिइएको छ ।
कुरो २०२५ सालतिरको हो, विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा अग्जुलरी हेल्थ वर्कर (अहेब) स्कुल महाराजगन्ज, काठमाडौँमा स्वास्थ्य व्यावसायिक तालिम दिइन्थ्यो । यो तालिममा दस कक्षा उत्तीर्ण विद्यार्थी सहभागी हुन्थे । तालिममा सहभागी हुनेले प्रतिमहिना ७५ रुपियाँ निर्वाह भत्ता पाउँथे । तालिम लिइसकेपछि पाँच वर्षसम्म सरकारले खटाएको ठाउँमा जानैपर्ने व्यवस्था पनि थियो । स्वास्थ्यकर्मीको अभाव भएको त्यस समयमा भत्ता दिएर पढाउँदा विपन्न परिवारका विद्यार्थी यसतर्फ आकर्षित हुन्थे । उच्च, मध्यम र निम्न सबै स्तरका स्वास्थ्यकर्मीको ठूलो खडेरी रहेको त्यो समयमा जुनसुकै तहका स्वास्थ्य कार्यकर्तालाई समाजमा उच्च सम्मानका साथ व्यवहार गरिन्थ्यो । त्यतिखेर भारतबाट झिकाइएका केही आवासीय चिकित्सकबाहेक आधुनिक चिकित्सा सेवा प्रदान गर्ने व्यक्तिको अभाव नै थियो ।
बागलुङको गलकोट नगरपालिका–३, हटियाको समपोखरामा रहेको समपोखरा ताल सुन्दर छ तर यहाँ दर्शक आकर्षित छैनन्। हटिया बजारदेखि करिब सात किलोमिटरमाथिको समथर ठाउँ समपोखरामा रहेको ताल प्रचारप्रसार र संरक्षणको अभाव छ। यस क्षेत्रमा पानीका मुहानको प्रमुख स्रोत समपोखरा ताल हो। पर्यापर्यटन र आन्तरिक तथा बाह्य पर्यटकीय महìव बोकेको तालको संरक्षण तथा प्रचारप्रसार हुन सकेको छैन।
निर्माण व्यवसायीको चरम लापरबाहीका कारण घोराही उपमहानगरपालिकाको बबई नदीदेखि तुलसीपुर उपमहानगरपालिकाको हात्तीखोवासम्मको २८ किलोमिटर सडक विस्तारको काम अलपत्र परेको छ। उक्त सडकखण्डअन्तर्गत १४.४६ किलोमिटर सडक चार लेन र १३.७३ किलोमिटर सडक दुई लेनका रूपमा निर्माण गर्ने गरि काम अघि बढे पनि विगत सात महिनादेखि काम ठप्प छ।
बाँकेको बैजनाथ गाउँपालिका–१, चिसापानीमा प्रदेश सरकारको सडक पूर्वाधार विकास कार्यालयअन्तर्गत मानखोला मन्दिरदेखि सूर्योदय माविसम्म पक्की सडक निर्माणका लागि गत आर्थिक वर्ष २०७८/७९ मा ४० लाख रुपियाँ बजेट विनियोजन भयो। ३० लाख ५७ हजार रुपियाँमा ठेक्का सम्झौता भयो। आर्थिक वर्षको अन्त्यतिर योजना सुरु भएका कारण सो वर्ष सानो कल्भर्ट र ग्राभेलको काम मात्रै भयो। हालसम्म १५ लाख ९३ रुपियाँ भुक्तानी पनि भएको छ। तर, योजना अलपत्र भएका कारण स्थानीय बासिन्दा कहिले निर्माण कम्पनी त कहिले जनप्रतिनिधि कहाँ धाइरहँदा समेत थप काम सुरु हुन सकेको छैन।
कोटावाडामा निर्माणाधीन सुनथराली विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ। निर्माण कार्य सुरु भएको करिब ३८ वर्षमा विमानस्थल निर्माण पूर्णता पाउन लागेको छ। बिहीबार सुनथराली विमानस्थलको अवलोकनमा पुगेका जिल्लाका सरोकारवालाले आगामी वैशाख महिनासम्म विमान निर्माण पूरा हुने अपेक्षा व्यक्त गरेका छन्।
डडेल्धुरा–सिराड–रुपाल सडकको बिरादे–बडरकोट–सिराड सडकखण्ड निर्माण एक वर्ष ढिलो हुँदासमेत सरोकारवाला निकाय चुपचाप रहेका छन्। कालोपत्रे गर्न २०७६ असार ३० गते शनिदेव निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो। २०७८ पुस ३० गते कालोपत्रे गरिसक्न २४ करोड १८ लाख ९५ हजार रुपियाँ लागतमा नौ किलोमिटर सडक कालोपत्रे गर्न निर्माण कम्पनीसँग सम्झौता भएको थियो।
कैलालीको भजनी नगरपालिका–५ स्थित करमदेव घाटमा काठेपुलबाट वारपार गरेबापत ठेकेदारले यात्रुसँग चर्को शुल्क असुल्दै आएका छन्। कान्द्रा नदीमा काठको पुल सञ्चालन गरेका ठेकेदारले नगरपालिकाले तोकेकोभन्दा दोब्बर बढी रकम असुल्न थालेको स्थानीयवासीको गुनासो छ। नगरपालिकाले मोटरसाइकलसहित प्रतिव्यक्तिको १५ रुपियाँ शुल्क निर्धारण गरेको छ तर ठेकेदारले मोटरसाइकलसहित प्रतिव्यक्तिको एकतर्फी ३० रुपियाँ शुल्क लिइरहेका छन्। अन्य पुलमा एकतर्फी मात्रै शुल्क लिने गरिए पनि यो घाटमा दोब्बर र दोहोरो शुल्क लिने गरेको यात्रुले बताएका छन्।
त्रिदेशीय उत्तर–दक्षिण कोरिडोरअन्तर्गत दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा निर्माण सुरु भएको सुरुङ मार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
जाजरकोटका सामुदायिक विद्यालयले दिवा खाजाका रूपमा स्थानीय उत्पादन प्रयोगमा ल्याएका छन्। विद्यालयमा दिवा खाजा कार्यक्रमका संयोजक चन्द्रबहादुर विश्वकर्माका अनुसार विद्यालयमा हरियो सागपात, अन्न समूह, गेडागुडी र अन्य समूह (मासु) गरी कार्बाेहाइडे«ड, खनिज, भिटामिन, प्रोटिनलगायत आवश्यक पोषण तत्वको सम्मिश्रणसहितको दिवा खाजाको व्यवस्था गरिएको छ।