स्थानीय तहका उपप्रमुख एवं उपाध्यक्षले आफूहरुलाई अधिकार सम्पन्न नबनाइएको भन्दै गुनासो गर्नुभएको छ।
बैंक तथा वित्तीय संस्थामा ५३ खर्बभन्दा बढी निक्षेप सङ्कलन भएको छ।
प्रतिनिधि सभाको पहिलो बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्नुहुने भएको छ।
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शिष्टाचार भेट गर्नुभएको छ।
सरकारको न्यूनत साझा कार्यक्रम तय गर्न बनेको कार्यदलले निर्माण गरेको मस्यौदा शीर्ष नेता समक्ष पेश हुने भएको छ।
कान्तिबाल अस्पतालमा एक वर्षमा जटिल र सामान्य गरी दुई हजार ५२६ जनाको शल्यक्रिया गरिएको छ ।
कपिलवस्तुमा सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई न्यानो सुइटर वितरण भएको छ । जिल्लाको शिवराज नगरपालिका ६ र बुद्धभूमि नगरपालिका वडा नम्बर २ ले साना बालबालिकालाई सुइटर वितरण गरेको हो ।
विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा पुगेका छन् । जलवायु परिवर्तनका कारण दुई तिहाइ हिमनदी यो शताब्दीको अन्त्यसम्ममा अस्तित्वबाटै विलिन हुने एउटा नयाँ अध्ययनले देखाएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा १ सय १० घरधुरीलाई लालपुर्जा वितरण गरिएको छ।
मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनका लागि आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख मिश्रले पुस २८ गते दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ अनुसरा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।
नमोबुद्ध नगरपालिकाले नमोबुद्ध क्षेत्र ऐतिहासिक, पर्यटकीय एवम् धार्मिकस्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि आवश्यक थप प्रक्रिया अघि बढाइने दोस्रो नगरसभाले निर्णय गरेको हो ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवम् माघस्नान आज (शुक्रबार)देखि विधिवत् सुरु गरिँदै छ ।
कैलालीमा बढेको अत्यधिक चिसोले गर्दा जनजीवन थप कष्टकर बनेको छ। केही दिनदेखि भइरहेको शीतलहर र चलेको चिसो हावाका कारण चिसो बढ्दै गएको हो। हुस्सु र शीतलहरले तापक्रम घट्दै गएको छ।
अर्थसचिव तोयम राया र राजस्व सचिव डा. रामप्रसाद घिमिरेले आज (शुक्रबार)बाट अर्थ मन्त्रालयको कार्यभार सम्हाल्नुभएको छ ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सर्वदलीय बैठक सुरु भएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले बोलाउनुभएको सर्वदलीय बैठक सुरु भएको हो ।