बेइजिङ, पुस २३ गते । चिनियाँ राज्य परिषद्का सदस्य तथा रक्षामन्त्री वेइ फेङहेले शुक्रबार बेइजिङमा तुर्कमेनका रक्षामन्त्री बेगेन्च गुन्डोग्दियेभसँग भेटवार्ता गरेका छन् ।
चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र तुर्कमेनका राष्ट्रपति सेरदार बेर्दिमुहामेदोभबीच शुक्रबार भएको वार्तामा चीन–तुर्कमेनिस्तान सम्बन्धको नयाँ युगको रूपमा चीन र तुर्कमेनिस्तानबीच व्यापक रणनीतिक साझेदारीको घोषणा गरेको मन्त्री वेईले बताएका छन् ।
चीनले तुर्कमेनिस्तानसँग दुई देशका सेनाबीचको रणनीतिक सञ्चारलाई निरन्तरता दिन, व्यावहारिक सहयोगलाई अझ गहिरो र विस्तार गर्न र साझा भविष्यका साथ चीन–तुर्कमेनिस्तानको आपसी सद्भाव थप बलियो बनाउन तयार रहेको पनि बताएका छन् ।
त्यस्तै गुन्डोग्देयेभले तुर्कमेनिस्तानले चीनसँग विभिन्न गतिविधि आदानप्रदान गर्दै आपसी सम्बन्ध थप सुदृढ गर्न र सुरक्षा सहयोगलाई अझ गहिरो बनाउन एवम् दुई देशको साझा हित, क्षेत्रीय शान्ति र विकासको रक्षा गर्न इच्छुक रहेको बताएका छन् । रासस/सिन्ह्वा