१. नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण कहिलेबाट सुरु भएको हो ?
विसं २०८२ मङ्सिर १ (सन् २०२५ नोभेम्बर १७)
खेल सञ्चालन मिति : विसं २०८२ मङ्सिर १ – २७
खेल स्थान : त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर, काठमाडौँ
सहभागी टोली : ८ (जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स ।)
उद्घाटन खेल : काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्स
पुरस्कार राशि :
प्रथम : रु. एक करोड १० लाख
दोस्रो : रु. ५१ लाख
तेस्रो : रु. २५ लाख
चौथो : रु. १५ लाख
– क्रिकेटमा उदाउँदै गरेको नेपालद्वारा आयोजित फ्रेन्चाइ लिग नेपाल प्रिमियर लिग (एनपिएल) लाई पहिलो संस्करणमै आइपिएलसँग तुलना गरिएको थियो । एनपिएल पहिलो संस्करणमै विश्वको सबैभन्दा भ्यालुएबल फ्रेन्चाई व्रिmकेट लिगको शीर्ष पाँचमा पर्न सफल भएको थियो ।
– दोस्रो एनपिएलको सिङ्गल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर हुँदै मङ्सिर २७ गते उपाधि भिडन्त हुने छ । यस पटक कुल ३२ खेल हुने छन् ।
– हरेक टिममा कम्तीमा चारदेखि अधिकतम छ जनासम्म विदेशी खेलाडी राख्न पाउने
प्रावधान रहेको ।
– यस पटक फाप डु प्लेसिस (दक्षिण अफ्रिका), मार्टिन गप्टिल (न्युजिल्यान्ड), इमरान ताहिर (दक्षिण अफ्रिका), रवि बोपारा (इङ्ग्ल्यान्ड), व्रिmन लिन (अस्ट्रेलिया) जस्ता सुपरस्टार विदेशी खेलाडी विभिन्न टोलीमा आबद्ध भएका ।
– दोस्रो एनपिएलमा आठमध्ये पाँच टिमले विदेशी प्रशिक्षक आबद्ध गरेका ।
– प्रत्येक टिमका मार्की खेलाडीले जनही २० लाख रुपियाँ तथा अन्य घरेलु खेलाडी अधिकतम १५ लाखदेखि न्यूनतम दुई लाख रुपियाँमा टिममा आबद्ध भएका ।
– नयाँ रूप प्रदान गरिएको रङ्गशालामा यो पटक अधिकांश खेल ‘फ्लड लाइट’ मा खेलिने भएको । रङ्गशालाको दर्शक क्षमता १३ हजार रहेको ।
२. राष्ट्रिय कर दिवस २०८२ को अवसरमा सबैभन्दा बढी आयकर तिरी सम्मानित हुने संस्था कुन हो ?
नेपाल दूरसञ्चार प्राधिकरण
सम्मानित व्यक्ति/संस्था
– व्यक्तिगत आयतर्फ : राजबहादुर शाह
– एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने : थर्ड आइ इन्टरनेसनल
– वस्तु निर्यातको कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने : डाबर नेपाल प्रालि,
– सूचना प्रविधिसम्बन्धी सेवामा सबैभन्दा बढी आयकर दाखिला गर्ने : भेरिस्क नेपाल प्रालि
– कृषि एवं पशुपन्छीजन्य उद्योग : पोषक ब्रिडर फार्म प्रालि
– बैङ्किङ र बिमा संस्थातर्फ : नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेड
– स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ : नोबेल मेडिकल कलेज, टिचिङ हस्पिटल
– पर्यटन व्यवसायतर्फ : सोल्टी होटल लिमिटेड
– वस्तु व्यापार गर्ने संस्थातर्फ : भाटभटेनी सुपर मार्केट
– ऊर्जामूलक उद्योगतर्फ : भोटेकोशी पावर कम्पनी प्रालि
– रेमिट्यान्स तथा मनी कारोबार गर्ने संस्थातर्फ : आइएमई लिमिटेड
– वार्षिक कारोबारका आधारमा ५० करोडदेखि एक अर्बसम्मको कारोबार गर्ने : सिडिएस एन्ड क्लियरिङ लिमिटेड
– वार्षिक कारोबारका आधारमा ५० करोडसम्मको कारोबार गर्ने संस्था : भिएफ सर्भिसेज प्रालि ।
– २०७६ सालदेखि २०८२ सालसम्म नियमित रूपमा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल दूरसन्चार कम्पनी लिमिटेड र विशेष उद्योगतर्फ सबैभन्दा बढी कर तिर्ने युनिलिभर नेपाल लिमिटेड ।
३. आन्तरिक राजस्व विभागले केन्द्रीय बीजक प्रणालीको सुरुवात कहिलेदेखि गरेको हो ?
विसं २०७४ मङ्सिर १
४. विवाहित महिलाहरूको सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि जित्ने प्रतिभा को हुन् ?
रक्षा पन्त (बुटवल)
– विसं २०८२ कात्तिक २९ गते राजधानीमा सम्पन्न प्रतिस्पर्धामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै रक्षाले मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि चुमेकी ।
– मस्ट फोटोजेनिक उपाधि विजेतासमेत बनेकी उनले शीर्ष उपाधिसँगै स्कुटरका साथ अमेरिकामा हुने मिसेस वल्र्ड २०२६ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने छन् ।
– प्रतियोगितामा सञ्जु भट्ट मिसेस नेपाल इन्टरनेसनल र दिपिका तामाङ एमएस नेपाल इन्टरनेसनलको उपाधि विजेता भएका । मिसेस नेपाल वल्र्डमै विद्या चौहान फस्ट रनर्सअपका साथमा भ्युवर्स च्वाइस र फेसबुक च्वाइस, एलिना केसी सेकेन्ड रनर्सअपका साथमा क्युट केयर वेष्ट हेयर र निर्मला सुनुवार थर्ड रनर्सअप घोषित भएका ।
– मिसेस नेपाल इन्टरनेसनल विजेताले सिङ्गापुरमा हुने मिसेस इन्टरनेसनल र एमएस नेपाल इन्टरनेसनल विजेताले सिङ्गापुरमै हुने एमएस इन्टरनेसलन प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउने ।
५. नेपालमा राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केन्द्रको स्थापना कहिले भएको हो ?
विसं २०८२ कात्तिक २४
– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा एआई केन्द्र स्थापना गरिएको ।
– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कात्तिक २४ गते मन्त्रालयभित्रै केन्द्रको उद्घाटन गरेका । जेनजी आन्दोलनले उठाएको सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, नवप्रवर्तनलाई डिजिटल रूपान्तरणले मात्रै प्रभावकारी रूपमा समेट्ने भएकाले त्यसका लागि महìवपूर्ण एआईमा काम गर्न केन्द्र स्थापना गरेको जनाइएको ।
६. ‘इमानदार भयौ भने तिमीले धेरै साथी बनाउन नसकौँला तर जति बनाउँछौ साँचो साथी मात्र बनाउँछौ’ भन्ने व्यक्तित्व को हुन् ?
जोन लेनन
७. व्यथित साहित्य सम्मान २०८२ कसलाई प्रदान गरियो ?
डा. तुलसीप्रसाद भट्टराई
८. दृष्टिविहीन महिला टी–२० विश्वकप प्रतियोगिताको आयोजक राष्ट्र कुन हो ?
भारत र श्रीलङ्का
– खेल सञ्चालन : सन् २०२५ नोभेम्बर ११–२३
– संस्करण : पहिलो
९. २२ औँ अन्तर्राष्ट्रिय कर सम्मेलनका लागि तय गरिएको मिति कुन हो ?
विसं २०८२ मङ्सिर २–५ (सन् २०२५ नोभेम्बर १८–२१), काठमाडौँ
१०. इन्डोनेसिया सरकारले राष्ट्रिय नायकको उपाधि कसलाई प्रदान ग¥यो ?
पूर्वराष्ट्रपति सुहार्तो (सन् २०२५ नोभेम्बर १०)
– राष्ट्रपति प्रबोवो सुबियान्तोको अध्यक्षतामा आयोजित एक विशेष समारोहमा सुहार्तोलाई राष्ट्रिय सम्मानको उपाधि प्रदान गरिएको ।
– लोकतन्त्रवादी अभियन्ता र सुहार्तोको कठोर शासनबाट पीडित जनताले यस कदमप्रति विरोध जनाएका ।
– तीन दशकभन्दा लामो समयसम्म इन्डोनेसियामा शासन गरेका सुहार्तो अन्ततः सन् १९९८ को आर्थिक सङ्कटको समयमा उठेको जनविरोध र घातक दङ्गाका कारण सत्ताबाट हट्न पुगेका थिए । पदच्युत भएको आठ वर्षपछि सन् २००६ मा ८६ वर्षको उमेरमा उनको मृत्यु भएको ।
– सत्तामा आएपछि सुहार्तोले सन् १९६५–६६ मा कम्तीमा पाँच लाख मानिसलाई कम्युनिस्ट भएको आरोपमा मारेको बताइन्छ ।
११. सगरमाथाको सबैभन्दा धेरै पटक आरोहण गर्ने गैर शेर्पा आरोही को हुन् ?
बेलायतका केन्टन कुल
– ५१ वर्षीय बेलायती पर्वतारोही केन्टन कुलले सन् २०२५ मे १८ मा १९ औँ पटक सगरमाथाको सफल आरोहण गरेका ।
१२. नेपालका तर्फबाट आणविक ऊर्जासम्बन्धी कन्ट्री प्रोग्राम फ्रेमवर्क (सिपिएफ) मा कहिले हस्ताक्षर भएको हो ?
सन् २०२२ सेप्टेम्बर २७
१३. एसियाली विकास बैङ्क (एडिबी) ले नेपालका लागि अघि सारेको नयाँ कन्ट्री पार्टनरसिप स्ट्राटेजीको अवधि कुन हो ?
सन् २०२५–२०२९
१४. गोपालप्रसाद रिमाल पुरस्कार – २०८२ बाट सम्मानित हुने स्रष्टा को हुनुहुन्छ ?
कवि मञ्जुल (मेघराज शर्मा नेपाल)
१५. मधेश प्रदेशको सदरमुकाम जनकपुरमा प्रथम राष्ट्रिय शिक्षा सम्मेलन कहिले सम्पन्न भएको हो ?
विसं २०८२ असार १०–११
१६. विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला को हुन् ?
दावा याङजुम शेर्पा (दोलखा)
१७. एकल साहसिक यात्रा (सोलो एड्भेन्चर ट्राभल) गन्तव्यको सूची २०२५ मा नेपाल कति औँ स्थानमा परेको छ ?
७ औँ
१८. प्रकृतिमैत्री देशको सूचीमा विश्वमै पहिलो स्थानमा पर्न सफल राष्ट्र कुन हो ?
नेपाल
– रोयल स्विडिस एकेडेमी अफ साइन्सको तर्फबाट स्प्रिन्जरले प्रकाशित गर्ने वातावरण विज्ञानसम्बन्धी विश्व प्रसिद्ध जर्नल एम्बियोमा प्रकाशित प्रतिवेदन अनुसार नेपाल विश्वकै सबैभन्दा प्रकृतिमैत्री देश बन्न सफल भएको ।
– प्रकृतिसँग देशका जनताको संवेगात्मक तथा मनोवैज्ञानिक सम्बन्धका विषयमा विश्वका ६१ देशका ५७ हजार मानिसमा गरिएको अध्ययनले नेपालीहरूमा सर्वाधिक प्रकृतिप्रेम रहेको देखाएको ।
– १.३९ अङ्कसहित नेपाल पहिलो स्थानमा पर्न सफल भएको । उक्त सूचीमा १.२२ अङ्कसहित इरान दोस्रो तथा १.२० अङ्कसहित दक्षिण अफ्रिका तेस्रो स्थानमा पर्न सफल ।
– सर्वाधिक प्रकृतिमैत्री जनता भएका अन्य शीर्ष १० मुलुकमा क्रमशः बङ्गलादेश, नाइजेरिया, चिली, क्रोएसिया, घाना, बुल्गेरिया र ट्युनिसिया रहेका ।
– प्रकृतिसँग सबैभन्दा कम जोडिएका पुछारका १० देशमा रुस, आयरल्यान्ड, साउदी अरब, बेलायत, नेदरल्यान्ड, क्यानडा, जर्मनी, इजरायल, जापान र स्पेन रहेका ।
– ब्रिटिस तथा अस्ट्रियन शोधकर्ताको नेतृत्वमा भएको उक्त अध्ययनले अध्यात्म र धार्मिक आस्थाले मानिसहरूको प्रकृतिसँगको सम्बन्धलाई गहन बनाउने सर्वाधिक शक्तशाली तत्व रहेको देखाएको ।
१९. १७ औँ ब्रिक्स शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
सन् २०२५ जुलाई ५–६, रियो दी जेनेरियो, ब्राजिल
२०. बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय कहिले सुनाएको हो ?
सन् २०२५ नोभेम्बर १७
प्रस्तुतकर्ता : टङ्क केसी