• ३ मंसिर २०८२, बुधबार

कास्की कारागारबाट फरार कैदी बागलुङमा पक्राउ

blog

पक्राउ परेका फरार कैदी गुमानसिंह परियार । तस्बिरः जिल्ला प्रहरी कार्यालय बागलुङ

अर्जुन कार्की
काठेखोला (बागलुङ), मङ्सिर ३ गते ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा कास्की कारागारमा गरिएको तोडफोडपछि फरार भएका कैदी बागलुङमा पक्राउ परेका छन् ।

कास्की कारागार, पोखराबाट फरार भएका बागलुङ जैमिनी नगरपालिका वडा नं. ८ ढकालवारी बस्ने ६० वर्षीय कर्तव्य ज्यान मुद्दाका कैदी गुमानसिंह परियारलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको हो ।

परियारलाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले फेलापारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो ।

मङ्गलबार पक्राउ परेका नेपालीलाई फैसला कार्यान्वयनका लागि जिल्ला कारागार कार्यालय बागलुङ पठाइएको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।