• १५ वैशाख २०८३, मङ्गलबार

ट्रक र कार ठोक्किदा एकको मृत्यु

blog

दुर्घटनामा परेको ट्रक ।

बोमलाल गिरी

नवलपुर, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको चोरमारा सडक खण्डमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

मध्यविन्दु नगरपालिका–७ स्थित हरियाली जङ्गलमा ट्रक र कार एक–आपसमा ठोक्किँदा कार चालक पोखरा महानगरपालिका –२६ का ३३ वर्षीय दिपु गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुम्किबासबाट कावासोतीतर्फ आउँदै गरेको लु. १ ख. ९५८० नम्बरको चामल लोड भएको ट्रक र विपरित दिशामा गुडिरहेको ग.प्र. ०१–००१ च. ०४७४ नम्बरको कार एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका कार चालक गुरुङको उपचारको क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो । ठक्कर दिने ट्रक र चालक रूपन्देहीको सेहरी गाउँपालिकाका–१ का ४४ वर्षीय महेन्द्र कुर्मीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।