अर्जुन काफ्ले
स्याङ्जा, वैशाख १५ गते । बिरुवा गाउँपालिकाले नवौँ अध्यक्ष कपमा भलिबल पुरुषको उपाधि वडा नं–६ ले जितेको छ । वडा न–६ ले वडा–४ लाई सिधा सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
वडा न–६ ले उपाधि सहित ८० हजार रुपियाँ र ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त प्राप्त गर्दा उपविजेता वडा न–४ ले ५५ हजारमा चित्त बुझाएको हो । तेस्रो बन्दै वडा–७ ले ३० हजार रुपियाँ पायो ।
यस्तै महिला भलिबलमा वडा–७ पहिलो, वडा–४ दोस्रो र वडा–२ तेस्रो भयो । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५०, ३० र २० हजार रुपियाँ पुरस्कार पायो ।
यस्तै पुरुष भलिबलको भेट्रान्स खेलमा वडा–८ विजेता र वडा–२ उपविजेता बन्यो । यस्तै पुरुष व्याडमिन्टनमा वडा–२ र महिला व्याडमिन्टनमा वडा–१ पहिलो भयो ।
यस्तै सटफुट तर्फ वडा–६ का डुटिक थापा पहिलो हुनुभयो । वैशाख ११ देखि सुरु भएको प्रतियोगितामा गण्डकी प्रदेश सभा सदस्य सुधीर कुमार पौडेलले पुरस्कार वितरण गर्नुभएको थियो ।