ब्राजिलको दक्षिणपूर्वी राज्य साओपाउलोको इटापेसेरियाका दा सेरा शहरमा मालसामान निर्यात गर्ने व्यवसायीलाई कन्टेनर बेच्ने र भाडामा उपलब्ध गराउने कम्पनीको ‘कन्टेनर डिपो’ को एउटा भाग भत्कदा नौ जनाको मृत्यु भएको छ भने अनय २८ जना घाइते भएका छन् ।
स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाएर वेवास्ता गरेका अछामका उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ । निर्वाचन खर्च विवरण सम्बन्धि प्रावधान अनुसार खर्च विवरण नबुझाउने अछामका स्थानीय तहका प्रमुखदेखि वडा सदस्यसम्म जरिवाना तोकेको छ ।
हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत प्रतिष्ठानले आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गरी सङ्गीत, नाट्य तथा सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। कार्यक्रममा २०७७ र २०७८ साल गरी दुई वर्षको विविध विधामा सम्मान र पुरस्कार प्रदान गरिएको हो। कार्यक्रममा २०७७ सालको हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवाबाट रेडियो पत्रकार तथा गायिका नूपुर भट्टाचार्य, हरिप्रसाद रिमाल नाट्य सङ्गीत पुरस्कारबाट गायिका ज्ञानु राणा, हरिप्रसाद कल्याणी रिमाल विशेष नाट्य सङ्गीत सम्मानबाट रङ्गकर्मी सुनील पोखरेल र हरिप्रसाद कल्याणी रिमाल विशेष सञ्चार सेवा सम्मानबाट पत्रकार राजेन्द्र बानियाँ सम्मानित हुनुभयो।
नेपाली कला क्षेत्रमा चारकोलले चित्र कोरेर पहिचान बनाउनुभएका बाबुराजा द्यःला कलाकारबीच एकता एवं सद्भाव हुनुपर्नेमा जोड दिनुहुन्छ। चित्रकला सिक्न उचित वातावरण नपाए पनि आफ्नै रहर र मेहनतका भरमा यस क्षेत्रमा आउनुभएका कलाकार बाबुराजाले चित्र कोर्ने प्रयास गरेदेखि नै हालसम्म चारकोलको सहायताले मात्र चित्र बनाउँदै आउनुभएको छ। ललितपुर, लगनखेलको ततिटोलस्थित आफ्नै घरलाई हाल उहाँले कलामय बनाउनुभएको छ। त्यहाँ सञ्चालनमा छ, ‘बारा आर्ट ग्यालरी’ ।
सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’लाई अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९५औँ संस्करणका लागि सिफारिस गर्ने निर्णय गरिएको छ। नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले यस्तो निर्णय गरेको हो। समितिको सोमबार बसेको बैठकले समितिमा प्राप्त चलचित्रमध्येबाट ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गर्ने निर्णय गरेको हो।
विपत् पूर्वतयारी र प्रतिकार्यमा छिटो र सहज कार्यका लागि मानवरहित हवाई उपकरण (ड्रोन)को प्रयोग गर्न विपत् व्यवस्थापनमा खटिने निकायहरूले तालिम लिन थालेका छन्। सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा मङ्गलबारदेखि टीकापुरमा तीनदिने तालिम सुरु भएको हो।
कैलालीको बाढी प्रभावित क्षेत्रमा विभिन्न रोगको सङ्क्रमण फैलिन नदिन सतर्कता अपनाइएको छ। डुबानपछि फोहोर, लामखुट्टे र दूषित पानीका कारण विभिन्न रोग लाग्नसक्ने सम्भावना रहेकाले सतर्कता अपनाइएको हो। गत शनिबार विभिन्न नदीमा आएको बाढीका कारण जिल्लाको भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, कैलारी, जानकी गाउँपालिका र टीकापुर नगरपालिकामा बढी डुबान भएको थियो। डुबानका कारण करिब पाँच हजार परिवार विस्थापित भएकामा धेरैजसो अझै घर फर्कन सकेका छैनन्। उनीहरू हुलाकी सडक, सुरक्षित भवन, विद्यालयलगायतमा बसिरहेका छन्।
३० वर्षभन्दा लामो समयदेखि कृषि र पशु सेवा दिदैं आईरहेका इलाका कार्यालयको सेवा बन्द हुँदा सरकारी भवन खण्डहर बनेका छन् । कार्यालयसँगै सेवासमेत बन्द हुँदा कृषि र पशु रोगको उपचार गर्ने हजारौं किसान मर्कामा परेका छन् ।
पश्चिम नेपालमा सबैभन्दा बढी बिरामीको उपचार गर्दै आएको सरकारी अस्पताल भेरी अस्पतालमा डायलासिस मेसिनको अभावले ६० जना मिर्गौलाका बिरामीले डायलासिस गर्ने पालो पर्खिरहेका छन् ।
नेपाल विद्युत् प्राधिकरण जलेश्वर वितरण केन्द्रको लापरबाहीका कारण यहाँका उपभोक्ताले छुट पनि लिन पाउँदैनन् भने महसुलमा ब्याज पनि तिर्नुपर्ने दोहोरो मर्का खेप्दै आएका छन्। केन्द्रले मिटर रिडिङ गरेर समयमै डाटा अद्यावधिक नगर्दा डिजिटल तथा इलेक्ट्रोनिक बैङ्किङ सेवाको माध्यमबाट विद्युत् महसुल तिर्ने ग्राहकले दोहरो मर्का खेप्दै आउनुपरेको हो।
जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–५ खलङ्गा लगायतका क्षेत्रमा मिटर धारा जडान गरेको पाँच वर्ष पुग्न लागेको छ । साढे ३१ करोड रुपियाँ लागतमा नयाँ खानेपानि योजना सम्पन्न गरिएको थियो । यसै क्षेत्रमा खडक विस्तार गरि कालोपत्रे गरेको दुई वर्ष पुग्यो । तिन करोड बढी रुपियाँ लागतमा सडक तिस्तार गरि कालोपत्रे गरिएको हो ।
संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा भएर वीरगञ्ज कारागारबाट ३८ जना कैदीबन्दी रिहा भएका छन्। ४० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीमध्ये ४० जनाको नाम रिहाइका लागि सिफारिस गरिएकोमा ३८ जनाको कैद मिनाहा भएको वीरगञ्ज कारागारका जेलर मदन घिमिरेले जानकारी दिनुभयो। जसमा ६ जना महिला र ३२ जना पुरुष गरी जम्मा ३८ जना रहेका छन्।
देशव्यापी डेङ्गुको सङ्क्रमण फैलिए पनि सर्लाहीमा सामान्य सतर्कतासमेत अपनाइएको छैन। यहाँका स्थानीय तहले सङ्क्रमण नियन्त्रणका लागि बेवास्ता गरेका छन्। स्वास्थ्य कार्यालय मलङ्गवाका अनुसार सर्लाहीमा अहिले डेङ्गुका १२ जना सङ्क्रमित छन्। भदौ लागेयता काठमाडौँबाट आएकालाई परीक्षण गर्दा १२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको र उनीहरूको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय मलङ्गवाका निमित्त प्रमुख डा. नवलकिशोर झाले जानकारी दिनुभयो। उहाँका अनुसार सर्लाहीमा प्रादेशिक अस्पताल मलङ्गवामा डेङ्गुको निःशुल्क परीक्षण हुन्छ। स्वास्थ्य कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्रमा पनि डेङ्गु
गण्डकी विश्वविद्यालयले आफ्नो १० वर्षे रणनीतिक योजना सार्वजनिक गरेको छ। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विश्वविद्यालयले तयार पारेको उक्त रणनीतिक योजना सार्वजनिक गर्नुभएको हो। प्रदेश प्रमुख गुरुङले १० वर्षे योजना समयमै पूरा गर्नुपर्ने बताउनुभयो। धेरै योजना सुरु गर्ने तर बीचमै छाड्ने प्रवृत्ति स्मरण गर्दै उहाँले प्रदेशको गौरवसँग जोडिएका योजना पूरा गर्नुपर्नेमा जोड दिनुभयो।