स्वास्थ्य अवस्था जटिल बनेपछि धनगढीमा अनशनरत डा. गोविन्द केसी थप उपचारका लागि बुधबार काठमाडौं प्रस्थान गर्नुभएको छ । आफ्नै खर्चमा उहाँ काठमाडौं जान तयार हुनु भएपछि उहाँलाई आज बुधबार काठमाडौं लगिएको हो ।
मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले बहुक्षेत्रीय पोषण योजना तेस्रो तजुर्मा गर्दा दलित र मुसलिम समुदायलाई लक्षित कार्यक्रमलाई प्राथमिकतामा राख्न सुझाव दिनुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनगढीमा असोज ८ देखि १५ गतेसम्म आयोजना हुने सुदूरपश्चिम राजधानी कपमा आठ टोलीको सहभागिता रहने भएको छ । धनगढी रंगशालामा हुने प्रतियोगिताको बुधबार ट्रफी र खेल तालिका सार्वजनिक गरिएको छ ।
सप्तरीको खडक नगरपालिका– ८ मा डेङ्गु सङ्क्रमित एक जना ६५ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको छ भने ६ जनामा संक्रमण देखिएको छ । सप्तरीको कञ्चनरूप नगरपालिकाका १० जनामा चेकजाँच गर्दा ६ जनामा डेङ्गु संक्रमण देखिएको स्वास्थ्य केन्द्रले जनाएको छ । भदौ २४ गते कञ्चनरूपको वडा नम्बर– ११ को ४५ वर्षीय पुरुष, वडा नम्बर ६ का २४ वर्षीय पुरुष र वडा नम्बर ८ का १७ वर्षीय बालकमा डेङ्गु देखिएको थियो ।
कपिलबस्तुमा जनता समाजवादी पार्टी (जसपा) ले नागरिकता विधेयकको पक्षमा प्रदर्शन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगर्नु भएपछि प्रदर्शनकारीले उहाँको विरोध गर्नुभएको हो ।
स्थानीय तह निर्वाचन खर्च विवरण नबुझाउने प्युठानका जनप्रतिनिधि तथा उम्मेदवारलाई जरिवाना तोकिएको छ । उम्मेदवार बनेर तोकिएको समयमै निर्वाचन खर्च विवरण नबुझाएका ८ सय ९० जनालाई कारबाही स्वरुप जरिवाना तोकिएको जिल्ला निर्वाचन कार्यालय प्युठानका निर्वाचन अधिकारी देवीराम पाठकले जानकारी दिनुभयो ।
सत्ता सहयात्री दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली ठिक नहुने धारणा राख्नुभएको छ।
पूर्व राष्ट्रपति डा.रामवरण यादवले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दुई पटक पास भएर गएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपतिले संविधानको उल्लंघन गरेको बताउनु भएको छ।
युक्रेनमाथि आक्रमण गरेको भन्दै युरोपियन फुटबल महासंघ (यूईएफए) ले रुसलाई युरोकप छनोट फुटबल खेल्न प्रतिबन्ध गरेको छ । यूईएफएले रुसलाई २०२४ को युरोकप छनोटमा प्रतिबन्ध लगाएको हो ।
नेपाल विद्युत प्राधिकरणले जापान सरकारको सहुलितपूर्ण ऋणमा काठमाडौं उपत्यका र पोखराको सहरी क्षेत्रको विद्युत प्रसारण तथा वितरण प्रणाली विस्तार तथा सुधार गर्ने भएको छ ।
हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । करिब एक महिनाअघि हृदयाघात भएपछि यहाँस्थित अखिल भारत आयुर्विज्ञान प्रतिष्ठान (एम्स) मा उपचार गराइरहेका उनको निधन भएको हो ।
तानसेन नगरपालिकाका एक हजार ८१५ विपन्न परिवारले न्युनतम विद्युत् महशुलमा छुट पाउने भएका छन्। नगरभित्रका विपन्न समुदायका एक हजार ८१५ घरपरिवारलाई २० युनिटसम्मको विद्युत् महसुल नगरपालिकाले तिर्ने भएको हो।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड त्रिपुरेश्वर शाखाले पाँच औँ वार्षिकोत्सवको उपलक्ष्यमा बीमा अभिमुखीकरण तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ४४७ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा ८१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।