• १३ साउन २०८१, आइतबार

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा अभिमुखीकरण तथा सचेतना कार्यक्रम सम्पन्न

blog

काठमाडौं, असोज ५ गते । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कर्पोरेट बजार विभाग त्रिपुरेश्वरले पाँच औँ वार्षिकोत्सवको उपलक्ष्यमा बीमा अभिमुखीकरण तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले २०७९ असोज ५ (आज) गते काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-३ बुढानीलकण्ठ क्याम्पसमा अध्ययनरत कक्षा ११/१२ र स्नातक प्रथम, द्वितीय र तृतीय वर्षका करिब ५० जना विद्यार्थीहरू र उक्त विद्यालयमा कार्यरत शिक्षक, शिक्षिकाहरुबीच बीमा अभिमुखीकरण तथा सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

साथै उक्त बीमा जनचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा कम्पनीका कर्पोरेट बजार विभाग त्रिपुरेश्वरकी प्रमुख अम्बिका बस्नेतले जीवन बीमाको सामाजिक सेवा तथा महत्त्व र लाभका बारेमा प्रकाश पार्नु भएको थियो । यस्तै कंलकी शाखा प्रमुख रामचन्द्र पोख्रेलले बीमाले भविष्यमा जीवनलाई सुरक्षित बनाउने बताउनुभयो । सो कार्यक्रममा स्वागत मन्तव्य राख्दै देउती थापाले बीमाको परिचय,बीमाका फाइदा बारे प्रकाश पार्नुभयो भने प्रमुख अतिथिमा श्यामकुमार लामिछाने रहनु भएको थियो ।