• ५ चैत २०८२, बिहिबार

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

blog

काठमाडौँ,  चैत ५ गते ।  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा पाँच हजार ४०० र चाँदी १४० ले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १० कायम भएको छ । 

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख सात हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १५० कायम भएको थियो । गत मङ्गलबार एक तोला छापावाल सुन तीन लाख नौ हजार ९०० र एक तोला चाँदी पाँच हजार ३३५ कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९०० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस