• १३ साउन २०८१, आइतबार

कञ्चनरुपमा ६ जना डेङ्गु सङ्क्रमित

blog

फाइल तस्बिर

माला कर्ण

कल्याणपुर, असोज ५ गते । सप्तरीको खडक नगरपालिका– ८ मा डेङ्गु संक्रमित एक जना ६५ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको छ भने ६ जनामा सङ्क्रमण देखिएको छ । सप्तरीको कञ्चनरूप नगरपालिकाका १० जनामा चेकजाँच गर्दा ६ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य केन्द्रले जनाएको छ । भदौ २४ गते कञ्चनरूपको वडा नम्बर– ११ को ४५ वर्षीय पुरुष, वडा नम्बर ६ का २४ वर्षीय पुरुष र वडा नम्बर ८ का १७ वर्षीय बालकमा डेङ्गु देखिएको थियो । 

गत भदौ २६ गतेको चेकजाँचमा २ जनामा डेङ्गु देखिएको थियो । भदौ ३० गते पनि अग्निसाइर कृष्णसवरण गाउँपालिका –६ का ४० वर्षीय पुरुषमा डेँगु देखिएको थियो । वडा – ८ का २६ वर्षीय पुरुष र वडा ११ का ६५ वर्षीय परुषमा समेत डेङ्गुको सङ्क्रमण देखिएको स्वास्थ्य केन्द्र कन्चनरुपले जनाएको छ । लामखुट्टुेको टोकाइबाट सङ्क्रमण हुनेभएकाले सकेसम्म लामखुट्टेको टोकाइबाट बच्न स्वास्थ्य शाखाले सुझाव दिएको छ ।