प्युठान राजनीतिक नेतृत्व जन्माउने जिल्लाका रूपमा चिनिन्छ। नेपालमा कम्युनिस्ट आन्दोलनको जग बसाल्ने नेताहरूमध्ये केही प्युठानकै छन्। नेता मोहनविक्रम सिंह, मोहन वैद्य, वामदेव गौतम, लीलामणि पोखरेल, मणि थापा र सूर्य थापालगायत कम्युनिस्ट नेता अहिले राष्ट्रिय राजनीतिमा सक्रिय छन्। नेतैनेता भएको प्युठानमा चुनावको इतिहास भने रोचक छ।
सुर्खेतस्थित प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउने गृहकार्य थालिएको छ। प्रदेश राजधानीमा अनुसन्धान तथा अध्ययन गर्ने प्रतिष्ठानको आवश्यकतालाई आधार मान्दै प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउने गृहकार्य थालिएको हो। अस्पतालले प्रतिष्ठानमा स्तरोन्नति गर्नका लागि प्रतिष्ठान सञ्चालन ऐनको मस्यौदासमेत तयार गरेको छ।
नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका ज्येष्ठ नागरिकले आर्थिक वर्ष ०७८÷७९ को सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन्। नाम्खा गाउँपालिकाले सो भत्ता सेवाग्राहीको बैङ्क खाता सञ्चालन गरेर राखिदिएको तर ज्येष्ठ नागरिकहरू सिमकोट आउन नसक्दा उनीहरूले भत्ता बुझ्न नसकेका हुन्। लिमी हल्जीगाउँका कोन्ज्योक निमा तामाङले अघिल्लो आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता हालसम्म नपाएको बताउनुभयो। ७७ वर्षीय लामाले यसअघि गाउँमै कर्मचारी र जनप्रतिनिधि आएर भत्ता वितरण गर्ने गरेको भए पनि यसपालि भने कोही नआएको जानकारी दिनुभयो। भत्ताका पाउने नपाउने बारेमा आफूलाई कुनै जानकारी नभएको बताउँदै उहाँले राज्यले दिएको सुविधा गाउँमै आएर दिने व्यवस्था मिलाइदिन माग गर्नुभयो।
विश्व पर्यटन दिवसको अवसरमा इलामको सूर्योदय नगरपालिकाले फोटो प्रतियोगिता गर्ने भएको छ । एक्सप्लोर दि अनएक्सप्लोर नारा राखेर आगामी असोज ११ गते प्रतियोगिता हुन लागेको हो ।
नेपाल भारतसँग सीमा जोडिएको दाङको कोइलाबासमा आन्तरिक तथा बाह्य पर्यटकको भीडभाड बढ्न थालेको छ। कोइलाबास नेपाली ग्राहकको पुरानो बजारले चिनिन्छ। लमही–कोइलाबास हुलाकी सडक निर्माण कार्य सम्पन्न भएपछि यहाँको आन्तरिक पर्यटक बढ्न थालेको हो। नेपालको पहाडी क्षेत्रको अवलोकनका लागि भारतीय नागरिकसमेत सो क्षेत्रमा आउने गरेका छन्।
भैरहवा क्षेत्रको पुरानो सरकारी अस्पताल भीम अस्पतालको क्षमता ५० शय्याको छ तर अस्पतालले दैनिक १२० जनासम्म बिरामीलाई सेवा दिँदै आएको छ। सो अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. शकुन्तला गुप्ताले बहिरङ्ग सेवामा दैनिक १७५ जना तथा प्रयोगशाला, सर्जरी र प्रसूतिमा पनि सेवाग्राही बढिरहेको बताउनुभयो। अस्पतालले थप विशेषज्ञ सेवाहरू सर्जन, अर्थोपेडिक, जनरल फिजिसियन र रोडियोलोजीको विशेषज्ञ सेवा दिनका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ। सिटी स्क्यान, ब्लड बैङ्क ल्याबमा पनि थप सेवाहरू र सरकारी सेवाबाहेकका अन्य सेवा पनि अस्पतालले विस्तार गर्न लागेको अस्पताल विकास समितिका अध्यक्ष नारायणप्रसाद भण्डारीले बताउनुभयो।
घान्दु्रुकको पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङलाई चयन गरिएको छ । पर्यटन व्यवस्थापन समिति घान्द्रुकको प्रथम अधिवेशनले उहाँको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
गण्डकी प्रदेश सभाको पहिलो कार्यकाल सकिएको छ। गण्डकी प्रदेश सभा सदस्यहरूलाई असोज १४ गते दशैँको शुभकामना आदानप्रदानसहित बिदाइ गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ। पाँचवर्षे कार्यकाल पूरा गरेर सांसदहरूलाई कदरपत्रसहित बिदाइ गरिने जनाइएको छ। २०७४ सालको प्रदेश सभा निर्वाचनमा प्रदेश सभामा पहिलो हुने निर्वाचित प्रणालीबाट ३६ र समानुपातिक निर्वाचित प्रणालीबाट २४ गरी जम्मा ६० जना सांसद निर्वाचित हुनुभएको थियो। तीमध्ये ४० जना पुरुष र २० जना महिला सांसद रहनुभएको छ। प्रदेश सभामा ६० जना सांसद निर्वाचित भएकामा राष्ट्रिय जनमोर्चाका सांसद टेकबहादुर घर्तीको २०७५ साल मङ्सिर २७ गते निधन भयो।
विपन्नले कष्ट सहनु परेकैले हुनुपर्छ, ठूला चाडपर्वलाई लिएर अनेक भनाइ र उखान नेपाली समाजमा चल्दै आएका छन्। त्यसै क्रममा दशैँलाई लिएर ‘आयो दशैँ ढोल बजाई, गयो दशैँ ऋण बोकाई,’ भन्ने समेत गरिन्छ। शरद् ऋतुमा आउने दशैँको धार्मिक तथा सांस्कृतिक महत्व विशिष्ट छ। नेपाली समाजलाई यो चाडले एकता, सद्भाव र समन्वयका निम्ति ठूलो ऊर्जा दिन्छ। तर चाडपर्व असाध्यै महँगा हुँदै गएका छन्। सीमित आय भएका परिवारलाई दशैँ चर्को पर्दै गएको छ। परिवारलाई कपडा किन्नै प¥यो। खानपानको व्यवस्था गर्नै प¥यो अनि नरनाता, कुल कुटुम्ब आ
मानिस सामाजिक प्राणी हो यस हैसियतले उसको सम्पर्क, सम्बन्ध र अन्तक्र्रिया समाजका विभिन्न व्यक्तिसंग हुने गर्दछ। व्यक्तिमा अन्तरनिहित भावना र विशेषताले यस्तो सम्पर्क, सम्बन्ध र अन्तक्र्रियालाई प्रभाव पारिरहेको हुन्छ। व्यक्तिमा अन्तरनिहित हुने भावना र विशेषता व्यक्तिले ग्रहण गरेको आध्यात्मिक पक्षबाट प्रभावित हुने गर्दछ। समाजमा विद्यमान सबै अवयवप्रतिको दृष्टिकोण निर्माणमा आध्यात्मिकताको महत्त्व रहने गर्दछ।
निर्वाचन आयोगले निर्वाचन खर्च नबुझाउने एक लाख २३ हजार ६२४ जना उम्मेदवारलाई कारबाही गर्ने निर्णय गरेपछि नयाँ तरङ्ग उत्पन्न भएको छ। निर्वाचन खर्चको हद तोक्ने तथा निर्वाचन खर्च बुझाउने कानुनी व्यवस्था औपचारिकतामा मात्र सीमित भइरहेकोमा झन्डै सवा लाख उम्मेदवारलाई कानुनको दायरामा ल्याएर आयोगले निर्वाचनमा हुने विकृतिलाई न्यून गर्ने प्रयास गरेको छ। राज्यका निकायले कानुनको प्रभावकारी कार्यान्वयन गरेमा मात्र विधिको शासन र कानुनी राज्यको स्थापना हुन सक्दछ। सार्वभौमसत्ता सम्पन्न संसद्ले निर्माण गरेको कानुन
निम्न आय स्तर भएका दलित समुदायका लागि सरकारले जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण गरे पनि प्रयोग नहुँदा करिब छ करोड ५० लाख लगानी बालुवामा पानी जस्तै बनेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट कच्चा दूध ल्याउन डेरी उद्योगीहरूलाई अनुमति दिएको छ । चाडपर्वको समय दूधको अभाव भयो भन्दै डेरी उद्योग सङ्घले कृषि मन्त्रालयसँग दूध आयातको अनुमति मागेको थियो । त्यहीअनुसार कृषि मन्त्रालयले गत आइतबार सो अनुमति दिएको हो । असोज मसान्तसम्मका लागि सो अनुमति दिइएको डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले बताउनुभयो । प्रतिदिन एक लाख २० हजार लिटर दूध आयात गर्न अनुमति दिएको छ । त्यसमध्ये सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्था (डीडीसी) लाई ४० हजार र निजी क्षेत्रका डेरीलाई ८० हजार लिटर दैनिक रूपमा ल्याउन दिने अनुमति दिएको छ ।
घोराही उपमहानगरपालिका–१६, करौंतीडाँडामा निर्माण गरिएको फोहोरबाट ग्यास उत्पादन गर्ने ग्यास प्लान्ट उद्घाटन भएको करिब छ महिना भइसक्दा पनि नागरिकले ग्यास पाउन सकेका छैनन् । “उद्घाटन भएपछि अब ग्यास पाउने आशा गरेका थियौँ तर अहिलेसम्म ग्यास पाइएन,” घोराही उपमहानगरपालिका–१६, करौंतीडाँडा निवासी खुसीराम चौधरीले भन्नुभयो, “सोध्दा छिट्टै पाउनुहुन्छ भन्नुहुन्छ तर कहिले पाउने हो, अझै निश्चित छैन ।”
१. काठमाडौँमा सम्पन्न छैटौँ साफ महिला फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ? बङ्गलादेश यो जितसँगै साफ महिला फुटबलले नयाँ च्याम्पियन पाएको हो। यसअघि भारतले मात्र साफ महिला फुटबल च्याम्पियनसिप जितेको इतिहास छ। – प्रतियोगितामा नेपाल बङ्गलादेशसँग ३–१ गोलले पछि पर्दै उपविजेता बन्न पुगेको छ। योसँगै नेपाल पाँच पटक फाइनलमा पुगेर पनि उपाधिविहीन बन्न पुगेको हो। – प्रतियोगितामा उत्कृष्ट खेलाडी सविना खातुन