बंगलादेशलाई साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी गोलरक्षक रुपना चक्माको घर सरकारले बनाईदिने भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी आगामी अक्टोबरमा इण्डोनेशियाको जाकार्तामा ट्रेड एक्स्पो हुने जानकारी दिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकालाई संविधानको दायरा भन्दा बाहिर जाने छुट नभएको बताउनुभएको छ।
पाहुना टोली अष्ट्रेलियाले टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा भारतलाई चार विकेटले हराएको छ । यस जितसँगै अष्ट्रेलियाले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।
सत्ता गठबन्धनले नागरिकता विधेयक र राष्ट्रपतिको कदमबारे कानुनविद्सँग परामर्श गर्दैछ।
पाकिस्तानमा डेंगु ज्वरोको फैलावट लगातार बढिरहेको छ । यो महिना देशको दक्षिणी प्रान्त सिन्धमा हालसम्म डेंगु सङ्क्रमणको कारण २७ जना बिरामीको मृत्यु भएको प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ ।
दैलेख जिल्लाका चार जनाले नयाँ नाम नामसहितको नागरिकता प्राप्त गर्नुभएको छ।
साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि विजेता बंगलादेश महिला टोलीलाई बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले ५० लाख टाका पुरस्कार दिने घोषणा गरेको छ ।
जुम्ला चन्दननाथ नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख खरिदार राजेन्द्रबहादुर भण्डारीविरुद्ध विशेष अदालत काठमाडौं आरोप पत्र दायर भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिमा ४१ सदस्य मनोनयन गर्नुभएको छ ।
पाँच दलीय सत्ता गठबन्धनले राष्ट्रपतिको गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको सङ्घीय संसदको अपमान र अवमूल्यन भएको निष्कर्ष निकालेको छ ।
सत्ता गठबन्धनको बुधवार बिहान बालुवाटारमा बसेको बैठकमा राष्ट्रपतिको कदमबारे छलफल गरेको छ ।
युरोपियन मेडिसिन एजेन्सी (इएमए) ले युरोपमा कोभिड १९ को नयाँ लहर आउनसक्ने भन्दै त्यसका लागि तयार रहन आग्रह गरेको छ ।
नेपाल र भारत सरकारका सहसचिव स्तरीय बैठक सुरु भएको छ । बुधवारबाट काठमाडौंमा दुई देशबीचका सहसचिवहरुको दुई दिने बैठक सुरु भएको हो ।