नेपालको संविधान २०७२ बमोजिम भएको सङ्घीय प्रतिनिधि सभा (२७५ सदस्यीय) र सातवटा प्रदेश सभा (५५० सदस्यीय) को अन्तिम बैठकको अर्थ नयाँ प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको स्वागत तयारी पनि हो। पहिलो पाँच वर्षमा संविधानद्वारा निर्दिष्ट सङ्घीयता अभ्यासको आधार खडा भएको छ। पहिलो पाँच वर्षको समीक्षा गरी आगामी पाँच वर्षको योजना बनाउने समय आएको छ। पहिलो पाँच वर्षको गतिमा हिँडेर अबको कार्ययोजना पूरा हुन सक्दैन । संविधान सभाबाट बनेको संविधान राम्रो छ, त्यसको कार्यान्वयन गर्न असल व्यक्तिलाई जिम्मेवारी दिने अब मतदाताले हो। असल व्यक्ति जिम्मेवारीमा पुग्दा उसले सञ्चालन गर्ने संरचना प्रभावकारी र सशक्त हुन सक्छ।
समाजमा विभिन्न बहानामा बालबालिका कुटपिटमा पर्छन्। विद्यालय, घर, परिवार र समाजमा बालबालिकामाथि शारीरिक यातना भइरहेको हुन्छ। विद्यालयमा गृहकार्य नगरेको, राम्ररी नपढेको, अनुशासन पालना नगरेको र साथीसाथी बीचमा पनि सामान्य मनमुटावकै कारण पिटाइ खाने गरेका धेरै घटना छन्। यसरी बालबालिकामाथि हुने कुटपिटलाई सामान्य मानिन्छ। अनुशासनको अभ्यासका रूपमा लिइन्छ। यद्यपि, कुटपिटबाट बालमस्तिष्कमा पर्न जाने असर र दीर्घकालीन प्रभावलाई त्यति ख्याल गरिएको पाइन्न।
स्वदेशमै आत्मरिर्भर हुँदै गरेको माछा, दूध, कुखुराको मासुलगायतको आयात रोक्न किसान सक्रिय भएका छन् । लामो समयदेखि कुखुराको अवैध आयात नियन्त्रणमा जुटेका यहाँका किसान माछाको आयात रोक्न पनि सक्रिय भएका छन् । सरकारले दूध आयात खुला गरेकोप्रति असन्तुष्ट बनेका किसानले आयातित दूध नियन्त्रणमा लिएर नष्ट गर्ने चेतावनी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा नागरिकता बनाउन पुग्ने सेवाग्राहीको चाप ह्वात्तै बढेको छ। कार्यालयका प्रशासकीय अधिकृत राजकुमार थापाका अनुसार नागरिकता फाँटमा दुई दिनदेखि सेवाग्राहीको चाप अत्यधिक बढेको हो। कार्यालयबाट नयाँ र प्रतिलिपि गरी दैनिक १८० देखि दुई सयको हाराहारीमा नागरिकता जारी हुने गरेको छ।
काठमाडौँ र पोखराको विद्युत् वितरण तथा प्रसारण पूर्वाधार निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १४ अर्ब २० करोड रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण दिने भएको छ । यसैगरी जाइकाले पूर्वी नेपालको चन्द्रनहर पुनस्र्थापना गर्न दुई अर्ब रुपियाँ अनुदानसमेत उपलब्ध गराउने भएको छ ।
मोरङको रतुवामाई–५, उलुघुटुस्थित सुनवर्षी माविले स्थानीय ३९ परिवारलाई राजीनामा पास गरिदिने भनेर लिखित सम्झौता गरेको १२ वर्ष बितिसक्दा पनि अझै जग्गा पास गरिदिन सकेको छैन। २०६७ सालमा उच्च मावि सञ्चालनका लागि पूर्वाधार निर्माण एवं स्वीकृति प्राप्त गर्न आर्थिक अभाव भएपछि विद्यालयले आफ्नो नाममा रहेको राजघाट–६(प) को कित्ता नं. ४७ को १ बिघा ७ कट्ठा १४ धुर जग्गा बिक्री गर्ने निर्णय गरेको थियो। २०६६ को जेठ ८ गते अभिभावकको आम भेलाले जग्गा बिक्री गर्ने निर्णय गरेको थियो। सोही निर्णयबमोजिम सो क्षेत्रका ३९ परिवारले प्रति कट्ठा दुई लाखको दरले २०६७ साल पुस १६ गते विद्यालयको जग्गा खरिद गरेका थिए।
विराटनगर महानगरपालिकाले माछा–मासु बिक्री गर्ने फ्रेस हाउसको अनुगमन सुरु गरेको छ। चाडपर्व नजिकएसँगै माछा–मासु पसलको स्वच्छता, सुरक्षित भण्डारण, मार हान्ने ठाउँदेखि, मासु टुक्य्राउने अचानो र खुकुरीसम्मको सरसफाइमा सचेत गराउन महानगरले अनुगमनलाई तिव्रता दिएको हो। फ्रेस हाउसको स्वच्छताको अभावमा मानवीय स्वास्थ्यमा पर्नसक्ने असरलाई ध्यानमा राखेर सुरु गरिएको अनुगमनमा मङ्गलबार विराटनगर–९ स्थित एक मासु पसलमा खसी भन्दै बाख्राको मासु बिक्री गरेको भेटिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सुरुदेखि नै विवादित रह्यो । प्रथम राष्ट्रपति डा. रामवरण यादवले जोगाउनुभएको राष्ट्रपति पदको साख र गरिमा वर्तमान राष्ट्रपति भण्डारीले रक्षा गर्न नसकेको टिप्पणी संविधानका ज्ञाता र राजनीतिक दलका प्रमुख नेताहरूबाट भइरहेको छ । सत्ता साझेदार दल, प्रतिपक्षीसहित विभिन्न राजनीतिक दलले राष्ट्रपति भण्डारीको कदम असंवैधानिक भएको निष्कर्षसहित विरोध गरेका छन् । उपराष्ट्रपति र पूर्वराष्ट्रपतिबाट समेत विरोध भएको छ ।
४३ औँ सामाजिक सेवा दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिनुभएको छ । समाज कल्याण परिषद्ले विभिन्न कार्यक्रम सहित ४३ औँ सामाजिक सेवा दिवस मनाउन लागेकोमा खुसी व्यक्त गर्नुहुँदै शुभकामना दिनुभएको छ ।
बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय, हेटौँडाले झोलुङ्गे पुलसम्बन्धी क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ। निर्देशनालयले बागमती प्रदेशको धादिङ, चितवन, मकवानपुर, काभ्रे र रामेछाप जिल्लाका २० स्थानीय तहका झोलुङ्गे पुल सम्पर्क व्यक्ति इन्जिनियर र सब–इन्जिनियरलाई तालिम प्रदान गरेको हो।
तीन दशक अघिबाट निर्माण सुरु गरिएको दोलखा जिल्लाको भीरकोट–झुले–छौँडे सडकले अझै पूर्णता पाउन सकेको छैन। तामाकोसी गाउँपालिकामा रहेको भीरकोट–झुले–छौँडे सडकभन्दा पछि ट्र्याक खोलिएका दोलखाका कतिपय सडक कालोपत्रे सम्पन्न भइसकेको त कतिपय धमाधम कालोपत्रे भइरहँदा अन्यत्र सडकमा ग्राभेलसम्म गरिएको छैन।
सिन्धुलीको मरिण गाउँपालिकाले बालविवाह न्यूनीकरण गर्न नगद तथा साइकल सहयोग कार्यक्रम ल्याएको छ। पालिकाले चालू आर्थिक वर्ष २०७९÷८० देखि कार्यान्वयन गर्ने गरी विवाह नगर्दै स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई नगद एक लाख रुपियाँ र एसईईपछि कक्षा ११ मा भर्ना हुने छात्रालाई साइकल सहयोग गर्ने कार्यक्रम ल्याएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरी संविधानको मर्म, भावना र प्रावधानको गम्भीर उल्लङ्घन गर्नुभएको धारणा प्रजातान्त्रिक विचार समाजले प्रस्तुत गरेको छ।
ललितपुर महानगरपालिकाले अवैध संरचना हटाउन निर्देशन दिएको छ। महानगरपालिकाले बुधबार ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्दै सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन निर्देशन दिएको हो। महानगरपालिका क्षेत्रभित्र नक्सा स्वीकृतबिना, मापदण्डविपरीत निर्माण भएका संरचनाहरू, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरी निर्माण भएका स्लोप, टप, ¥याम्प, सिँढीलगायतका संरचना हटाउन सूचनामा भनिएको छ।
नेपालले लोकतान्त्रिक सिद्धान्तलाई अक्षरशः मान्यता दिएको धारणा संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरेको छ। राष्ट्रसङ्घको सदस्य मुलुकका हैसियतले सरकारको तर्फबाट प्रतिनिधित्व जनाउँदै परराष्ट्र सचिव भरतराज पौड्यालले ७७औँ महासभाको उच्चस्तरीय बैठकको पूर्वसन्ध्यामा आयोजित ‘डेमोक्रेसी डेलिभर्स’ विषयक समारोहमा नेपालको संविधानले सर्वस्वीकार्य लोकतान्त्रिक सिद्धान्तलाई अङ्गीकार गरेको बताउनुभयो ।