पाकिस्तानका बाढी प्रभावित क्षेत्रमा डेंगुको प्रकोप बढेको छ । अधिकारीहरुले यहाँका बाढी प्रभावित क्षेत्रहरुमा डेंगुको प्रकोप बढ्दै गएको जानकारी दिएका हुन् ।
हिमालपारीको जिल्ला मुस्ताङको मार्फामा रहेको शीतोष्ण वागवानी विकास केन्द्रले गत आर्थिक वर्षमा ७० लाख मूल्य बराबरको आम्दानी गरेको छ ।
। संयुक्त विद्यार्थी सङ्गठनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै बिहीवार पनि विरोध प्रदर्शन गरेका छन् । बिहीवार माइतीघर मण्डलामा संयुक्त विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका हुन् ।
बुधवार राति १२ बजेको समयमा कोहलपुर नगरपालिका वडा नं. ८ स्थित विरेन्द्रजंङ्ग शाहीको घरमा अज्ञात समूहले प्रवेश गरि बन्दुक देखाई घरका सबैलाई बन्धक बनाएर लुटपाट गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्टले परिषद्को आफ्नै भवन नहुँदा उद्देश्य अनुसारको कार्य सम्पदान गर्न कठिनाइ भएको गुनासो गर्नुभएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले समुन्नत समाजको निर्माणमा जुट्न सबै गैरसरकारी संस्थाहरुसँग आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताउनुभएको छ ।
सुडानमा हालै आएको बाढी र पहिरोबाट ज्यान जानेको सङ्ख्या एक सय ४६ पुगेको छ । यहाँका अरु केही व्यक्ति हराइरहेका समाचारमा जनाइएको छ । यहाँको नेसनल काउन्सिल फर सिभिल डिफेन्सले सो कुराको जानकारी दिएको हो ।
कैलालीमा श्रीमानद्वारा श्रीमतीको हत्या भएको छ । गौरीगङ्गा नगरपालिका–५ का अन्दाजी ३२ वर्षीया ललिता नामजाली मगरको श्रीमान नामजाली मगरले हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
सरकारले यो वर्ष उखु किसानलाई दशैअगि नै अनुदानको रकम उपलब्ध गराएको छ । चाडवाडको मुखमा अनुदान पाएपछि उखु किसान मक्ख छन् ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ ।
बाजुराको कोल्टीमा रहेको स्वास्थ्य केन्द्रमा औषधिको अभाव हुन थालेको छ । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा विभिन्न प्रकारका स्वास्थ्य समस्या लिएर दैनिक एक सयभन्दा बढी बिरामी आउने गरे पनि औैषधि अभावले उपचारमा समस्या भएको छ । स्वास्थ्य केन्द्रमा उपचारका लागि पुग्ने बिरामीले अहिले सिटामोलसम्म नपाउँदा थप सास्ती भोग्नुपरेको छ । बाजुराको कुन्ना क्षेत्रलगायत छिमेकी जिल्ला हुम्ला, मुगु र कालीकोटका बिरामी आउने प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा पछिल्लो समय औषधि अभावले उपचारमा समस्या भएको स्वास्थ्यकर्मी बताउँछन् । स्वास्थ्य केन्द्रमा भएको औषधि सकिएको र अन्य औषधि ढुवानी नभएका कारण अभाव सिर्जना भएको हो ।
डडेल्धुराको आलीताल गाउँपालिकाले नक्सा पास नगरी भौतिक निर्माण गर्ने व्यक्ति तथा संस्थालाई कारबाही गर्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बैठकबाट सो निर्णय गरेर मङ्गलबार सूचना सार्वजनिक गरिएको छ ।
यस जिल्लाको मेल्लेख गाउँपालिकाले अध्यापन अनुमतिपत्रको (लाइसेन्स) परीक्षामा उत्तीर्ण नभएका शिक्षकहरूको म्याद थप नगर्ने भएको छ। गाउँपालिकाको आर्थिक स्रोतबाट विभिन्न विद्यालयमा शिक्षक राखिएका छन्। अध्यापन अनुमतिपत्र नभएका शिक्षकलाई गाउँपालिकाले यसअघि नै हटाउने निर्णय गरिसकेको छ। सो गाउँपालिका शिक्षा शाखा प्रमुख वीरेन्द्र खड्काका अनुसार अनुमतिपत्र नभएर अध्यापन गराइरहेका १५ जना शिक्षक हट्न सक्नेछन्। यद्यपि विज्ञान विषयका शिक्षकहरूको हकमा यो निर्णय लागू नहुने बताइन्छ।
जिल्ला प्रशासन कार्यालय बैतडी र यातायात व्यवसायीको बैठकले जिल्लाभित्र चल्ने सवारीसाधनको भाडादर निर्धारण गरेको भए पनि पाटन–पञ्चेश्वर सडकमा चल्ने सवारीसाधनले दोब्बर भाडा असुल्ने गरेको यात्रुले गुनासो गरेका छन्। बैतडीको पाटन–पञ्चेश्वर सडक खण्डको मेलौलीसम्म २५० रुपियाँ भाडा कायम गरिएको भए पनि जिप चालकले पाँच सय रुपियाँ असुल गर्ने गरेका यात्रुले गुनासो गरेका हुन्। जिपले व्यवसायीले टिकटसमेत नदिने गरेको सर्वसाधारणको गुनासो छ।