• १३ साउन २०८१, आइतबार

बन्दुक देखाएर लुटपाट

blog

साङ्केतिक तस्बिर

सिराज खान
नेपालगञ्ज, असोज ६ गते ।
बाँकेको कोहलपुर नगरपालिका क्षेत्रभित्र बन्दुक देखाएर लुटपाट गरिएको छ ।

बुधबार राति १२ बजेको समयमा कोहलपुर नगरपालिका वडा नं. ८ स्थित वीरेन्द्रजङ्ग शाहीको घरमा अज्ञात समूहले प्रवेश गरी बन्दुक देखाई घरका सबैलाई बन्धक बनाएर लुटपाट गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मध्यराति १०/११ जनाको समूहले बन्दुक देखाएर घरमा रहेको १० तोला सुन र साढे २ लाखभन्दा बढी लुटपाट गरेको शाहीले जनाएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार लुटपाट गरिसकेपछि अज्ञात समूह घर बाहिरबाट चुक्कुल लगाएर फरार भएका थिए । बिहान मोर्निङ्ग वाक गर्ने व्यक्तिले घरभित्रबाट चिच्याएको आवाज सुनेपछि ढोका खोलिदिएको प्रहरीले जनाएको छ ।

घटनास्थल पुग्नुभएका इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी मल्लले घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।