आयोजक काठमाडौं खेल मण्डल (केकेएम)/न्यु रोड टिम (एनआरटी) का हिमाल विष्ट र एपीएफकी वियन्का राईले केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जित्नुभएको छ ।
असमानता हटाउन अर्को विकल्प नभएसम्म आरक्षण लागू गर्नुको विकल्प नभएको भन्दै दलित संघ संस्थाले विरोध गरेपछि आयोगले प्रस्ट पारेको हो ।
चौथो संस्करणको स्ववियु कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता बिहीबार देखि सुरु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
रुकुमपूर्वको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले रुकुम पूर्वको भूमे गाउँपालिका ३ को क्याङसी बगरमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइतेको उद्धार र उपचारमा हेलिकोप्टर प्रयोग गर्न निर्देशन दिनुभएको छ।
सरकारमा सहभागी गठबन्धन दलका युवा संगठनहरुले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विरोध प्रदर्शन गरेका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रुसलाई कारबाही गर्न माग गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्ने क्रममा उहाँले रुसले युद्ध अपराध गरेकाले रुसलाई कारबाही गर्नुपर्ने माग राख्नु भएको हो ।
मध्य पहाडी पुष्पलाल राजमार्गको दैलेख–लोहोरे सडक खण्डको किमुगाउँमा लगाउन सुरु गरेको पलम कंक्रिटवालमा गुणस्तरहीन काम भएको स्थानीयले आरोप लगाउनुभएको छ ।
काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा स्थानीयले तीन वर्षदेखि सबस्टेसन निर्माणमा अवरोध गरिरहेका छन् । अवरोधका कारण तामाकोसी–काठमाडौं ४०० केभी प्रसारण लाइनको ५ वटा टावर निर्माण हुन सकिरहेको छैन ।
काठमाडौं, असोज ३ गते । नेपालमा 'प्रेमगीत-३' को हिन्दी संस्करण शुक्रबार (७ असोज) प्रदर्शन नहुने भएको छ । विश्वभर एकसाथ प्रदर्शन हुन लागेको 'प्रेमगीत-३' को हिन्दी संस्करण नेपालमा विभिन्न प्राविधिक कारणले रिलिज नहुने भएको हो । विभिन्न प्राविधिक कारणले 'प्रेमगीत-३'काे हिन्दी संस्करण केही दिन रिलिज गर्न नसक्ने स्थिति सृजना भएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिनुभयो । शुक्रबारबाट 'प्रेमगीत-३' हिन्दी संस्करण रिलिज नहुनुको थप कारण पछि जानकारी गराउने र घटस्थापन (१० असोज) देखि 'प्रेमगीत-३' हिन्दी संस्करण नेपालभर प्रदर्शन हुने बताउनुभएको हो ।भारतमा भने 'प्रेमगीत-३' हिन्दी संस्करण शुक्रबार नै प्रदर्शन हुने भएको छ । अहिले चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा छन् । भारतमा फिल्मलाई जी-म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गर्न लागेको हो । प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको 'प्रेमगीत-३'मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले लोकतान्त्रिक प्रणाली र कानुन मिचेको आरोप लगाउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले सो आरोप लगाउनुभएको हो ।
मकवानपुरको भीमफेदी गाउँपालिका –६ स्थित जुरिखेतमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । काठमाडौँबाट हेटौंडा आउदैगरेको ना ३ ख ७८५८ नं. को मिनीबस बिहीबार दिउँसो जुरिखेतको घुम्तीमा दुर्घटना भएको हो ।
साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा आयोजक मालदिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।