• ८ कात्तिक २०८१, बिहिबार

जुरिखेतमा बस दुर्घटना : सातको मृत्यु, १८ जना घाइते

blog

सांकेतिक तस्बिर

राममणि दाहाल

हेटौँडा, असोज ६ गते । मकवानपुरको भीमफेदी गाउँपालिका –६ स्थित जुरिखेतमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । काठमाडौंबाट हेटौँडा आउदैगरेको ना ३ ख ७८५८ नं. को मिनीबस बिहीबार दिउँसो जुरिखेतको घुम्तीमा दुर्घटना भएको हो ।

दुर्घटना परी ६ जनाको घटनास्थलमा र एक जनाको भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परी घाइते भएका १८ जनाको भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्र र हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

बस काठमाडौंबाट वीरगन्जका लागि छुटेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूको प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि अस्पताल लगिएको स्थानीयले बताएका छन् ।