• १९ चैत २०८२, बिहिबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, चैत १९ गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ ४४ पैसा र बिक्रीदर १५२ रुपियाँ चार पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ६६ पैसा र बिक्रीदर १७६ रुपियाँ ३६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपियाँ ६० पैसा र बिक्रीदर १०२ रुपियाँ ४० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १९१ रुपियाँ नौ पैसा र बिक्रीदर १९१ रुपियाँ ८५ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपियाँ २१ पैसा र बिक्रीदर १०५ रुपियाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ९८ पैसा र बिक्रीदर १०९ रुपियाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपियाँ आठ पैसा र बिक्रीदर ११८ रुपियाँ ५५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ ५५ पैसा र बिक्रीदर नौ रुपियाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ तीन पैसा र बिक्रीदर २२ रुपियाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ३५ पैसा र बिक्रीदर ४० रुपियाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ५४  पैसा र बिक्रीदर ४१ रुपियाँ ७० पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ६६ पैसा र बिक्रीदर चार रुपियाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ २४ पैसा र बिक्रीदर ४१ रुपियाँ ४० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ६१ पैसा र बिक्रीदर ३७ रुपियाँ ७६ पैसा, साउथ कोरियन वन १०० को खरिददर दस रुपियाँ ६ पैसा र बिक्रीदर १० रुपियाँ १० पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपियाँ १३ पैसा र बिक्रीदर १६ रुपियाँ १९ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ५१ पैसा र बिक्रीदर २३ रुपियाँ ६० पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ५१ पैसा र बिक्रीदर १९ रुपियाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपियाँ ६९ पैसा र बिक्रीदर ४९५ रुपियाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपियाँ ११ पैसा र बिक्रीदर ४०२ रुपियाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपियाँ ४० पैसा र बिक्रीदर ३९४ रुपियाँ ९६ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । रासस