• १६ भदौ २०८१, आइतबार

शुक्रबार 'प्रेमगीत-३' को हिन्दी संस्करण नेपालमा रिलिज नहुने

blog

काठमाडौं, असोज ३ गते । नेपालमा 'प्रेमगीत-३' को हिन्दी संस्करण शुक्रबार (७ असोज) प्रदर्शन नहुने भएको छ । विश्वभर एकसाथ प्रदर्शन हुन लागेको 'प्रेमगीत-३' को हिन्दी संस्करण नेपालमा विभिन्न प्राविधिक कारणले रिलिज नहुने भएको हो । 

विभिन्न प्राविधिक कारणले 'प्रेमगीत-३'काे हिन्दी संस्करण केही दिन रिलिज गर्न नसक्ने स्थिति सृजना भएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिनुभयो । शुक्रबारबाट 'प्रेमगीत-३' हिन्दी संस्करण रिलिज नहुनुको थप कारण पछि जानकारी गराउने र घटस्थापन (१० असोज) देखि 'प्रेमगीत-३' हिन्दी संस्करण नेपालभर प्रदर्शन हुने बताउनुभएको हो ।

भारतमा भने 'प्रेमगीत-३' हिन्दी संस्करण शुक्रबार नै प्रदर्शन हुने भएको छ । अहिले चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा छन् । भारतमा फिल्मलाई जी-म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गर्न लागेको हो । 

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको 'प्रेमगीत-३'मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।