यही असोज ११ गते दशरथ रंगशालामा आयोजना हुने बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।
रुकुम पूर्वमा बस दुर्घटना भएको छ । आज बिहीबार दिउँसो साढे २ बजे जिल्लाको भूमे गाउँपालिका –३ क्याङ्सी बगरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधवार ११ अङ्कले बढेको नेप्से परिसूचक बिहीवार भने ९ अङ्कले घटेको छ । आज नेप्से परिसूचक ९.८४ अङ्कले घटेर १८३८.९६ बिन्दुमा झरेको हो ।
नेपाली कांग्रेसले आगामी निर्वाचनको घोषणपत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री जीवन परियारलाई मनोनयन गरेको छ ।
आउँदैगरेको वडा दशैं लगायतको चाडपर्बलाई लक्षितगरी प्रहरीले कपिलवस्तुको चाडपर्वलक्षित संयुक्त विशेष सुरक्षा योजना २०७९ तयार गरेको जनाएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले दाङको टरिगाउँ एयरपोर्टको बिस्तार सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । दाङको तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टको बिहीबार स्थलगत निरीक्षणका लागि यहाँ आउनुभएका मन्त्री श्रेष्ठले एयरपोर्टको निरीक्षणपछि अब विस्तार गर्दै ७२ सिटे हवाइजहाज बस्न सक्नेगरी एयरपोर्टको धावनमार्ग बिस्तार गर्न आवश्यक रहेको बताउनभयो ।
मेक्सिकोमा बिहीवार शक्तिशाली भूकम्प आएको छ । यसअघि सोमबार मिचोआकानमा आएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा दुई जनाका मृत्यु भएको थियो ।
काठमाडौं महानगरपालिकाले वीर अस्पताल आसपास बसेका अनधिकृत संरचना हटाएको छ ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन राष्ट्र निर्माणको अभियान रोक्ने प्रयासमा लागेको आरोप लगाउनुभएको छ । एमाले केन्द्रीय कार्यालयमा बिहीबार भएको पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले सो आरोप लगाउनुभएको हो । राष्ट्र निर्माण अभियानमा कोही बाधक बन्न नहुने उहाँको सुझाव छ ।
नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टीमा स्वागत गर्नुभएको हो ।
काठमाडौं, असोज ६ गते । गायक राजु परियार, दिलसिङ मगर, राजु ढकाल, तेजु मगर, ईश्वर सिंह, सपना परियार र रोस्मि सोतीको स्वरमा 'दशैं आयो' बोलको गीत बजारमा आएको छ ।दशैंको माहौलमा सबैजना दशैं मनाउन गाउँ घर जाने, पिङ्ग खेल्ने रमाइलो गर्ने बेलाको समयलाई हिरन थापा मगरले शब्दमा रूपान्तरण गर्नुभएको छ । गीतमा दिलसिंङ मगरको सङ्गीत रहेको छ भने एरेञ्ज डोलराज बाह्रघरेले गर्नुभएको हो ।गीतमा गायक तथा मोडल राजु ढकाल, सुमन थापा, विरेन्द्र मोडल आयुष्मा कार्की र मनीषा मगरको अभिनय रहेको छ ।
स्याङ्जाको गल्याङ नगरपालिकाका सामुदायिक बालमैत्री पुस्तकालय स्थापनालाई तीव्र पारिएको छ । प्राथमिक तहमा अध्ययन गर्ने बालबालिकामा पठनसीप बृद्धि गराउने र पढ्ने बानीको विकास गर्ने उद्देश्यले बालमैत्री पुस्तकालय स्थापना गर्ने काम भइरहेको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शहर बजारका होटल तथा रेष्टुराँमा बसेर लोकतान्त्रिक संघीय ब्यवस्थाको बिरोध गर्नुको अर्थ नरहेको बताउनुभएको छ । बिहीबार धनगढीमा आयोजित मुख्यमन्त्रीसँग सिधाकुरा कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक निर्धारित समयभित्र प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरुद्ध बिहीबार सर्वोच्चमा रिट परेको हो ।
प्रसुती अवस्थामा उचित समयमा प्रेषण (रिफर) नगर्दा भएको मातृशिशु मृत्युदरमा कमी ल्याउन स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजना तथा युएस एडको सहयोगमा १० पालिकाका जनप्रतिनिधी र स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइएको हो ।