काठमाडौं, असोज ६ गते । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको घोषणपत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री जीवन परियारलाई मनोनयन गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मङ्सिर ४ मा हुने निर्वाचनका लागि घोषणापत्र तयारी समितिको असोज ६ गते बसेको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार मिडिया संयोजन गर्ने जिम्मेवारी निर्धारण गरेबमोजिम परियारलाई समितिको अभिभारा तोकिएको हो ।
सञ्चार माध्यमले आवश्यक सूचना एवम् विविध विषयमा क्रमशः तय हुने अवधारणाको जानकारीका लागि परियारलाई समर्पक गर्न सकिने जनाइएको छ ।