• ८ कात्तिक २०८१, बिहिबार

राष्ट्रपति भण्डारीविरुद्ध सर्वोच्चमा रिट दर्ता

blog

काठमाडौं, असोज ६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरी संविधानको गम्भीर उल्लङ्घन गरेको भन्दै राष्ट्रपति भण्डारीविरुद्ध सर्वोच्चमा बिहीबार रिट दर्ता भएको हो ।

अधिवक्ता सुनिलरञ्जन सिंह र सरिता थापाले दर्ता गर्नुभएको रिटमा राष्ट्रपति भण्डारी तथा राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाइएको छ ।