काठमाडौं, असोज ६ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले समुन्नत समाजको निर्माणमा जुट्न सबै गैरसरकारी संस्थासँग आह्वान गर्नुभएको छ ।
बिहीवार काठमाडौं समाज कल्याण परिषद्ले ४३ औं सामाजिक सेवा दिवसको अवसरमा आायोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री रेग्मीले गरिब, विपन्न, समुदायको सामाजिक र आर्थिक रुपान्तरण गर्दै समुन्नत समाजको निर्माण गर्न सबै गैरसरकारी संस्था जुट्नुपर्ने बेला आएको बताउनुभएको हो ।
मन्त्री रेग्मीले भन्नुभयो, ‘‘सामाजिक संघ, संस्थाको कामलाई सहजीकरण गर्दै परियोजनको लक्षित उद्देश्य प्राप्ति गर्ने कार्यमा स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रभावकारी, पारदर्शी र जवाफदेही भइ गरिब, विपन्न, समुदायको सामाजिक, आर्थिक रुपान्तरण गर्दै समुन्नत समाजको निर्माण गर्न सबै गैरसरकारी संस्था जुट्नुपर्ने बेला आएको छ ।’’
उहाँले सामाजिक सङ्घ, संस्थाको कामलाई सहजीकरण गर्दै परियोजनको लक्षित उद्देश्य प्राप्ति गर्ने कार्यमा स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रभावकारी, पारदर्शी र जवाफदेही हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । मन्त्री रेग्मीले परिषदमा आबद्ध रहेका ५४ हजार गैरसरकारी संस्था तथा दुई सय हाराहारीमा रहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका काम कारबाहीलाई परिषद्ले अत्यन्त सूक्ष्म रुपमा अध्ययन गरिरहेको बताउनुभयो ।
गैर सरकारी संस्थाका कामकारबाहीलाई पारदर्शी, वैज्ञानिक किसिमले अघि बढाउन परिषद् लागिपरेको मन्त्री रेग्मीको भनाइ छ । उहाँले सामाजिक सङ्घ, संस्थाले प्राप्त गरेको सहयोग, दुर्गमका ग्रामीण विपन्न व्यक्ति, समुदाय, लक्षित कार्यक्रमहरु तर्जुमा र कार्यान्वयनमा जोड दिनुपर्ने आजको आवश्यकता रहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘परिषदमा आबद्ध रहेका ५४ हजार गैरसरकारी संस्था तथा २ सय हाराहारीमा रहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका काम कारबाहीलाई परिषद्ले अत्यन्त सूक्ष्म रुपमा अध्ययन गरिरहेको छ । यसलाई सकेसम्म पारदर्शी, वैज्ञानिक किसिमले अघि बढाउन परिषद् लागिपरेको छ । सामाजिक संघ, संस्थाले प्राप्त गरेको सहयोग, दुर्गमका ग्रामीण विपन्न व्यक्ति, समुदाय, लक्षित कार्यक्रमहरु तर्जुमा र कार्यान्वयनमा जोड दिनुपर्ने आजको आवश्यक्ता हो ।’’
मन्त्री रेगमीले परिषदबाट राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा एकद्वार नीति अनुरुप परियोजना सञ्चालन गर्नेगरी सङ्घसंस्थालाई प्रोत्साहन गर्ने कार्यको शुरुवात गरिएको पनि बताउनुभयो । परिषद्की अध्यक्षसमेत रहनुभएकी मन्त्री रेग्मीले सामाजिक सङ्घ, संस्थाको कामलाई पारदर्शी र परिणाममुखी बनाउन समाज कल्याण परिषद् कटिबद्ध रहेको बताउनुभयो ।
‘‘परिषदबाट राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा एकद्वार नीति अनुरुप परियोजना सञ्चालन गर्ने गरी सङ्घसंस्थालाई प्रोत्साहन गर्ने कार्यको शुरुवात गरिएको छ । सामाजिक सङ्घ, संस्थाको कामलाई पारदर्शी र परिणाममुखी बनाउन समाज कल्याण परिषद् कटिबद्ध रहेको छ ।’’ उहाँले भन्नुभयो ।
मन्त्री रेग्मीले अहिले अस्तव्यस्त रहेको भृकुटीमण्डपलाइ आफू नेतृत्वको टिमले पारदर्शी बनाउनको निमित्त टेण्डर प्रक्रियाबाट कामहरु सञ्चालन गरिरहेको बताउनुभयो । समिति गठन गरेर अनुगमन मूल्याङ्कन अद्यावधिक गर्ने प्रणाली पनि सुरु गरेको जानकारी उहाँले दिनुभयो ।