• ७ मंसिर २०८१, शुक्रबार

गोलरक्षक चक्काको घर बनाईदिन प्रधानमन्त्री हसिनाको निर्देशन

blog

बंगलदेशकी गोलरक्षक रुपना चक्मा । तस्बिर : गोरखापत्र

काठमाडौं, असोज ५ गते । बंगलादेशलाई साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी गोलरक्षक रुपना चक्माको घर सरकारले बनाईदिने भएको छ ।

झुपडीमा बस्दै आउनुभएकी चक्माको गृहनगर रंगमाटीमा नयाँ घर बनादिन बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले निर्देशन दिनुभएको छ । साफ महिला च्याम्पियनसिपमा चक्मा उत्कृष्ट गोलरक्षक बन्नुभएको थियो ।

महिला टोलीले साफ जितेपछि रंगमाटीका डेपुटी कमिसनर मोहम्मद मिजानुर रहमानले चक्माको घरमा उपहार लिएर जानुभएको थियो । त्यसपछि चक्माको जिर्ण घरको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।


त्यसले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा रहनुभएकी प्रधानमन्त्री शेख हसिनाको ध्यान खिचेको थियो । लगत्यै प्रधानमन्त्री हसिनाले चक्माको परिवारको लागि नयाँ घर बनाई दिन निर्देशन दिएको समाचार ढाका ट्रिब्युनले प्रकाशन गरेको छ ।