१. नेपालको जलविद्युत् क्षेत्रका समस्या पहिचान गरी समस्या समाधानका उपाय उल्लेख गर्नुहोस्। जलप्रवाहमा रहेको शक्तिबाट उत्पादन हुने विद्युतीय ऊर्जालाई जलविद्युत् भनिन्छ। भिरालो भू–बनावट, लामो हिमशृङ्खला तथा लामो दूरी तय गर्दै उत्तर–दक्षिण बहने हजारौँ नदी नेपालको ऊर्जा विकासका लागि प्राकृतिक वरदान हुन्। नेपालसँग उच्च जलविद्युत् क्षमता भए तापनि यसको उत्पादन, प्रसारण, वितरण र उपयोगको अवस्था सन्तोषजनक छैन। यस क्षेत्रमा देखिएका समस्या र समस्या समाधानका उपायहरू यस प्रकार छन् :
प्रदूषित नदीको पानी प्रशोधन गर्न, पहिरोको नियन्त्रण गर्न तथा सडक किनाराको भूक्षय रोक्नका लागि भेटिभर घाँस निकै उपयोगी रहेको पाइएको छ । सो घाँसको उपयोगिताबारे अध्ययन गरिरहनुभएका सञ्जीव काफ्लेले प्रदूषित पानीको सफाइ गर्न र डम्पिङ साइटमा हानिकारक रसायनबाट हुने क्षति कम गर्न भेटिभर असाध्यै उपयोगी हुने बताउनुभयो ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा तीन लाख दस हजारभन्दा बढी मतदाता पुगेका छन् । जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार आगामी निर्वाचनका लागि तीन लाख १० हजार ६३ मतदाता कायम भएका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा गएको आइतबारदेखि काठमाडौँ उपत्यकामा दशैँलाई लक्षित गरेर विषय विज्ञसहितको टोलीले बजार अनुगमन गरिरहेको छ । विभागको नेतृत्वको छुट्टाछुट्टै विज्ञसहितको नौवटा टोलीले दशैँ लक्षित बजार अनुगमन गरेको जनाइएको छ । विभागका निर्देशक होमनाथ भट्टराईले चाडपर्वमा बढी माग र खपत हुने वस्तु र सेवामा लक्षित गरी विषय विज्ञसहितको अनुगमन सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बजारमा खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने, नापतौलमा ठगी गर्नेजस्ता समस्या नहुन भनेर सरकारले अनुगमनलाई प्राथमिकतामा राखेको छ ।
खोटाङमा नौ सय ६० मतदाता घटेका छन्, स्थानीय तह निर्वाचनको तुलनामा खोटाङमा मतदाता सङ्ख्या घटेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कले देखाएको छ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सोलुखुम्बुमा एक हजार चार सयभन्दा बढी मतदाता थपिएका छन्। अघिल्लो स्थानीय तह निर्वाचनमा भन्दा आसन्न सङ्घ र प्रदेश सभा निर्वाचनका लागि एक हजार ४८३ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ। कार्यालय प्रमुख रामनारायण शाहका अनुसार गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा ८० हजार १९ मतदाता थिए भने पछिल्लो समय निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम नामावलीअनुसार हाल जिल्लाको कुल मतदाताको सङ्ख्या ८१ हजार ५०२ पुगेको छ। जसमा पुरुष ४२ हजार १३३ र महिला ३९ हजार ३६९ रहेका छन्।
खोटाङमा डेङ्गु रोग सार्ने लामखुट्टेको लार्भा खोज्दै नष्ट गर्ने अभियान सुरु गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको सहकार्यमा दिक्तेल, रूपाकोट, मझुवागढी नगरपालिकास्थित स्वास्थ्य शाखाले डेङ्गु रोग सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान सुरु गरेको छ। नगरप्रमुख तीर्थराज भट्टराई, जिल्ला अस्पतालका प्रमुख डा. नितु लामा, स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत जीवन चौलागाईंलगायत स्वास्थ्यकर्मीको उपस्थितिमा बजारभित्र लार्भा खोज्दै नष्ट गर्ने र डेङ्गुबाट बच्ने चेतना नागरिकलाई दिँदै बजार परिक्रमा गरिएको नगरका जनस्वास्थ्य निरीक्षक खेमराज आचार्यले जानकारी दिनुभयो। यस्तै अभियान बुधबारबाट जिल्लाका सबै पालिकामा पनि सञ्चालन गरिने स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत चौलागाईंले बताउनुभयो।
मेलम्चीपछि याङ्री र लार्के खोलाको पानी काठमाडौँ उपत्यकामा वितरणका लागि ठूला पाइप बिच्छ्याउन थालिएको छ । सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमि दूरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि एक हजार छ सय र एक हजार आठ सय मिलिमिटर (एमएम)का ठूला पाइप बिच्छ्याउन थालिएको हो ।
राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुर चितवनले सुरु गरेको नेक कोलार सिस्टम (गाईको घाँटीमा बाँधिने सेन्सर माला) प्रभावकारी बन्दै गएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)अन्तर्गत रहेको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले गत वैशाख महिनादेखि सुरु गरेको नेक कोलार सिस्टम प्रभावकारी बन्दै गएको देखिएको हो ।
आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित निर्वाचन क्षेत्रमै रहने भएका छन्। यद्यपि सदरमुकाम नजिक र पायक रहेका कतिपय निर्वाचन क्षेत्रमा भने अधिकृतको कार्यालय सदरमुकाममा नै रहने निर्वाचन आयोगले निर्णय गरेको छ। यसअघिका निर्वाचनमा भने जिल्लाको सदरमुकाममा नै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै आएको थियो।
सरकारले सन् २०२५ सम्म सबै किसिमका सरकारी गतिविधिलाई डिजिटल प्रणालीमार्फत सञ्चालन तथा कार्यान्वयन गर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नीतिगत सुधार र नयाँ कानुन बनाएर सन् २०२५ सम्म सबै गतिविधिलाई डिजिटल रूपमा जोड्ने लक्ष्य राखेको बताउनुभएको हो।
संयुक्त राष्ट्रसङ्घको ७७औँ महासभामा मङ्गलबारदेखि उच्चस्तरीय सत्र सुरु भएको छ। यो सत्र एक साता चल्ने संयुक्त राष्ट्रसङ्घले उल्लेख गरेको छ। यस सत्रमा संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरू नेपालसहितका मुलुकले भाग लिनेछन्। यस सत्रलाई विश्वका फरक धु्रव र देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखका लागि विभिन्न विषयमा बहस गर्ने महìवपूर्ण मञ्च मानिन्छ। कोभिड महामारी, रुस–युक्रेन युद्ध र शक्ति राष्ट्र मुलुकहरूबीचको बढ्दो द्वन्द्वका बीच हुन गइरहेको यस पटकको यो सत्र यस कारणले पनि विशेष मानिन्छ।
चीनका राष्ट्रपति सी चिनफिङले नेपालसँग चीनले मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारीको सम्बन्धलाई नयाँ चरणमा पु¥याउने चाहना व्यक्त गर्नुभएको छ। संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाउँदै राष्ट्रपति सीले नेपाल–चीन सम्बन्धको विकासमा उच्च महत्व दिँदै एकअर्कासँग मिलेर विकास तथा समृद्धिउन्मुख युगौँयुगसम्म चल्ने मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारीलाई नयाँ चरणमा पु¥याउने इच्छा व्यक्त गर्नुभएको हो।
संसद्का दुवै सदनबाट दोस्रो पटक पारित भएर प्रमाणीकरणका लागि पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रमाणीकरण भएन। संविधानबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ४ गते मङ्गलबार राति १२ बजेभित्र विधेयक प्रमाणीकरण गर्नुपर्नेमा उक्त समय सकिँदासम्म प्रमाणीकरण नगर्नुभएको हो। यद्यपि राष्ट्रपति कार्यालयले प्रमाणीकरण नगर्नुको कारणबारे औपचारिक रूपमा केही जानकारी दिएको छैन।
गोरखापत्र समाचारदाता काठमाडौं, असोज ४ गते । गोठाटार गोलीकाण्डको सम्बन्धमा अनुसन्धान गर्न विशेष समिति गठन भएको छ। गार्मेन्ट व्यवसायी ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको हत्या घटना रहस्यमय देखिएपछि विस्तृत अनुसन्धानका लागि विशेष समिति गठन गरिएको हो। काठमाडौं उपत्यका प्रहरी कार्यालयले उपत्यका प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय विशेष अनुसन्धान समिति गठन गरेको हो।सर्लाही हरिवन–२ स्थायी घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा गार्मेन्ट व्यवसाय सञ्चालन गर्दै आउनु भएका मोहम्मदमाथि सोमबार साँझ अज्ञात समूहबाट गोली प्रहार हुँदा उहाँको उपचारका क्रममा मृत्यु भएको हो। आफू सवार गाडी पार्किङ गरी निस्कँदै गर्दा उहाँमाथि चार वटा गोली प्रहार भएको थियो। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अनुसार, दर्जीको टाउको, छाती र कम्मरमा गोली लागेको थियो।टाउको र छातीमा लागेको गोलीका कारण अत्यधिक रगत बगेको हुँदा उहाँको उपचारकै क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। उपत्यका प्रहरी कार्यालय प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र धानुकले घटना रहस्यमय देखिएकाले विस्तृत अनुसन्धानका लागि उच्चस्तरीय अनुसन्धान समिति गठन गरिएको बताउनुभयो। विवादास्पद छविसँगै विगतमा पनि हत्या घटनामा केही वर्ष जेल सजाय भुक्तान गरेर रिहा भएका मोहम्मदले आर्थिक लेनदेनको विवादमा आफूलाई केही व्यक्तिले ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरी वृत्त बौद्ध र सो अन्तर्गतको एक प्रहरी कार्यालयमा शान्ति सुरक्षाका लागि निवेदन दिएको बताइएको छ। सो निवेदनमा उल्लेख गरिएका व्यक्तिको परिचय भने खुलाइएको छैन। अपराध महाशाखा प्रमुख एवं अनुसन्धान समितिका संयोजक भट्टराईले हत्या घटनाको सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको जानकारी दिनुभयो। हत्या घटनामा संलग्न रहेको आशङ्का गरिएका तीन जनामध्ये एक जना गोठाटारकै कोसीपारि गेष्टहाउसमा विगत एक महिनादेखि बस्दै आएको पाइएको छ। प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश मैनालीले भन्नुभयो, ‘घटनाको विस्तृत विवरण आउन केही समय लाग्छ । व्यापारी मोहमम्द आउने मौका छोपी बसेकामध्ये एक जनाले गोली चलाएको र दुई जना मोटरसाइकल रोकेर बसेको दृश्य प्रहरीले अनुसन्धानका लागि लिएको सिसी टिभी भुटेजमा देखिन्छ। घटनास्थलबाट स्वचालित पेस्तोल र सोमा प्रयोग भएको गोली तथा खोकासमेत बरामद गरेको छ। उक्त हत्या घटनाको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), अपराध महाशाखा र प्रहरी परिसर काठमाडौँको छुट्टा छुट्टै टोलीले अनुसन्धान गरिरहेका छन्। साँझको समयमा राजधानीमै सर्वसाधारणलाई आतङ्कित पर्ने गरी भएको फिल्म शैलीको घटनामा प्रयोग भएको मोटरसाइकलबाट प्रहरीले अनुसन्धान थालेको छ।