• १३ साउन २०८१, आइतबार

नागरिकता विधेयकको पक्षमा प्रदर्शन

blog

कपिलबस्तुमा जसपा कार्यकर्ताहरु नागरिकता विधेयकको पक्षमा प्रदर्शन गर्दै । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा, असोज ५ गते । कपिलबस्तुमा जनता समाजवादी पार्टी (जसपा) ले नागरिकता विधेयकको पक्षमा प्रदर्शन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगर्नु भएपछि प्रदर्शनकारीले उहाँको विरोध गर्नुभएको हो ।

जसपा कपिलवस्तुले बुधबार दिउँसो राष्ट्रपति भण्डारीविरूद्ध विभिन्न नाराबाजी सहित प्रदर्शन गरेको सो दलले जनाएको छ । जसपाका नेता तथा कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका थिए । 

जसपा जिल्ला अध्यक्ष शैलेन्द्रकुमार यादवका अनुसार विधेयक प्रमाणित नभएकाले त्यसको विरोधमा प्रदर्शन गरिएको हो । अध्यक्ष यादवले नागरिकता विधेयकलाई प्रमाणीकरण गरी आम नेपाली नागरिकलाई नागरिकता दिन नेपाल सरकारसँग माग गर्नुभयो । 

कार्यक्रममा मायादेवी गाउँपालिकाका पूर्व अध्यक्ष जसपाका नेता बजरंगीप्रसाद कुर्मी, कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, जसपा नेता सन्तोष पाण्डेय, कपिलबस्तु नगरपालिका १ का वडाध्यक्ष मोहम्मद जाहित खाँ, वडा ११ का वडाध्यक्ष राम गोपाल यादव, सन्दीप चौधरीलगायत नेता तथा कार्यकर्ताको सहभागिता थियो ।