काठमाडौं, असोज ५ गते । धनगढीमा असोज ८ देखि १५ गतेसम्म आयोजना हुने सुदूरपश्चिम राजधानी कपमा आठ टोलीको सहभागिता रहने भएको छ । धनगढी रङ्गशालामा हुने प्रतियोगिताको बुधबार ट्रफी र खेल तालिका सार्वजनिक गरिएको छ ।
पिएफए स्पोर्ट्स क्लबको आयोजनामा हुने प्रतियोगितामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी सात प्रदेश र आयोजक गरी आठ टोलीबीच प्रतिस्पर्धा हुन प्रतियोगिता संयोजक दिनेश श्रेष्ठले जानकारी दिनुभयो । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा सुदुरपश्चिम प्रदेश रातो र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपियाँ पुरस्का पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई २० हजार र उत्कृष्ट विधाका खेलाडीलाई जनही १० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।