• १६ भदौ २०८१, आइतबार

‘ऐना झ्यालको पुतली’ ओस्कार अवार्डका लागि सिफारिस

blog

काठमाडौँ, असोज ५ गते । सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’लाई अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९५औँ संस्करणका लागि सिफारिस गर्ने निर्णय गरिएको छ। नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले यस्तो निर्णय गरेको हो। समितिको सोमबार बसेको बैठकले समितिमा प्राप्त चलचित्रमध्येबाट ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गर्ने निर्णय गरेको हो।

नेपालबाट दिनेश राउत निर्देशित ‘प्रकाश’, सुवर्ण थापा निर्देशित ‘राधा’ र सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ले सहभागिताका लागि आवेदन दिएका थिए। नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ओस्कारको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०७९ भदौ ३० भित्र फिल्म बुझाउन आग्रह गरेको थियो।

समितिले प्राप्त तीन फिल्ममध्ये सिनेमाको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गर्ने निर्णय गरेको हो।