नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गर्नुुभएको छ ।
साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले साउथह्याम्पटनलाई ४–० गोलले हरायो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरीले सत्तारूढ गठबन्धनका तर्फबाट दाङ क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराउनुभएको छ । गिरीले निर्वाचन अधिकृतको कार्यालयले दिएको समयमै कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको वारिसनामा मार्फत डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारमा मनोनयन दर्ता गरिएको छ । प्रधानमन्त्री पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आइतबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा मनोनयन दर्ता गर्नुभएको हो ।
साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको पीएसजी घरेलु टोली रेइम्ससँग गोलरहित बराबरीमा रोकिएको हो ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ५ बाट नेकपा (एमाले) का उम्मेदवारहरुले आइतबार दिउँसो २ बजे मनोनयन दर्ता गराउनुभएको छ ।
छिल्लो २४ घण्टामा २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ७६१ जनाको कोरोना परीक्षण गर्दा २२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउनुभएको छ ।
चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का कृष्णभक्त पोखरेलले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
साविक विजेता रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेत्री रेखा थापाले मङ्सिर ४ मा हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मनोनयन दर्ता गराउनुभएको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि दोलखामा सत्ता गठबन्धनका गंगा कार्की र नेकपा (एमाले) को तर्फबाट बालकृष्ण सिवाकोटीबीच प्रतिस्पर्धा हुने भएको छ ।
भारतको बिहारसँग खुला सीमा जोडिएको महोत्तरीमा आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन सम्पन्न गर्न अनेकन चुनौती रहे पनि जिल्लामा सुरक्षा ब्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको क्षेत्र–१ बाट मनोनयन दर्ता गराउनुभएको छ ।