राष्ट्रपति विद्यादेवी भण्डारीले तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिट्ब्युरो सदस्य सूर्य थापाले प्रतिनिधिसभा निर्वाचनका लागि प्युठानबाट मनोनयन दर्ता गर्नुभएको छ । थापाले जिल्ला सदरमुकाम खलंगामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज दिउँसो उम्मेदवारी दर्ता गराउनुभएको हो ।
कैलाली प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट चार पटक प्रत्यक्ष र एक पटक समानुपातिकबाट गरी पाँच पटक प्रतिनिधि सभामा पुग्नुभएका र चार पटक मन्त्री बनिसक्नु भएका नेपाली कांगे्रसका केन्द्रीय सदस्य रामजनम चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
लोकतान्त्रि समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।
नेपाल यू–१७ एसियन कप छनोटको सबै खेलमा पराजित भएको छ । समूह ‘एफ’ अन्तर्गत भियतनामको फु थोस्थित भियत त्रि स्टेडियममा आइतबार भएको अन्तिम खेलमा नेपाल चाइनिज ताइपेइसँग ४–२ गोलले पराजित भयो ।
आइतबार प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि मनोनयन दर्ता गरी सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्नुहुँदै नेपाली कांग्रेसका नेता सिंहले हालसम्म संविधानको मर्म र भावना अनुसारको सङ्घीय कानुनहरु बनाउन नसकिएको बताउनुभएको हो ।
गुल्मीमा गठबन्धनविरुद्ध बागी उम्मेदवारी परेको छ । गुल्मी निर्वाचन क्षेत्र नम्वर २ बाट गठबन्धनको तर्फबाट एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीविरुद्ध नेपाली कांग्रेसका महासमिति सदस्य डा. दामोदर भुसालले बागी उम्मेदवारी दर्ता गराउनुभएको हो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का बहुमत केन्द्रीय पदाधिकारीले एन्फा कार्यसमिति बैठक बोलाउन माग गरेका छन् । पदाधिकारीले विभिन्न ६ वटा एजेन्डा माग गर्दै कार्यसमिति बैठक तत्काल बोलाउन अध्यक्ष पंकजविक्रम नेम्वाङ समक्ष माग गरेका हुन् ।
थरुहट–थारुवान आन्दोलनका अगुवासमेत रहनुभएका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको चुनावका लागि नेपाली कांग्रेस केन्द्रीय उपसभापति धनराज गुरुङ र नेकपा (एमाले) की केन्द्रीय सचिव पद्मा कुमारी अर्यालले मनोनयन दर्ता गराउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभा निर्वाचनमा चितवनको क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनु भएको छ ।
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दाङ क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।
आणविक शक्ति सम्पन्न अमेरिकी विमानवाहक पोतले कोरियाली प्रायद्वीपमा संयुक्त अभ्यास सम्पन्न गरेको केही घण्टापछि उत्तर कोरियाले आइतबार बिहानै दुई ब्यालेस्टिक क्षेप्यास्त्र समुद्रमा प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
सहरी विकासमन्त्री मेटमणि चौधरीले सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा दाङ क्षेत्र १ मा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गाउनुभएको छ ।