अर्थमन्त्री जनार्दन शर्माले हाइड्रोजन बिक्री गरेर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताउनुभएको छ ।
बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले काठमाडौं जिल्ला अदालतमा युवती नाबालिका नरहेको दावी गर्नुभएको छ । प्रहरीले सन्दीपलाई सोमबार अदालतमा पेस गरेको थियो ।
काठमाडौं, असोज २४ गते । ऋचा शर्मा अभिनीत फिल्म ‘कौसीद’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले आगामी पुस १५ गतेलाई नयाँ रिलिज मिति तोकेको हो । फिल्ममा भोलाराज सापकोटा, रुपेश दाहाल, परीक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराईकोसमेत अभिनय रहेको छ । नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको लेखन रहेको फिल्मलाई सोसल ड्रामा जनरामा राखिएको छ । फिल्मलाई कुमार भाष्करले निर्देशन गर्नुभएको हो । मुख्य भूमिकामा रहेकी ऋचा फिल्मकी प्रस्तुतकर्ता समेत हुनुहुन्छ ।
मुगु छाँयानाथ रारा नगरपालिका–११ मा पहिरोमा पुरिएर आठ जनाको मृत्यु भएको छ । सोमबार बिहान नगरपालिकाको तल्लो सालिमगाउँको माथिबाट आएको पहिरोमा परी आठ जना बेपत्ता भएका थिए ।
बार्सिलोना फेरि स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा फर्किएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा सेल्टा डि भिगोलाई १–० गोलले हराउँदै बार्सिलोनाले शीर्षस्थान कब्जा गरेको हो ।
बलियो प्रतिद्वन्द्वी लिभरपुललाई हराउँदै आर्सनल पुनः इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा आर्सनलले लिभरपुललाई ३–२ गोलले हरायो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधि सभा उम्मेदवार गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिता, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताउनुभयो ।
आउँदो मङ्सिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चर्चा देशभर छ । निर्वाचनको रौनक बढेसँगै अन्य गतिविधि छायाँमा पर्ने भएकाले फिल्मकर्मीले मङ्सिर तथा पुसमा फिल्म रिलिज नगर्ने भएका छन् ।
भारतका प्रभावशाली नेता मुलायम सिंह यादवको सोमबार ८२ वर्षको उमेरमा निधन भएको छ । गुरुग्राम अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले नेपालका जलस्रोतलाई जलविद्युतमा विकास गरी हाइट्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको बताउनु भएको छ ।
रुकुमपूर्बमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ जिल्लास्थित विभिन्न राजनीतिक दल र स्वतन्त्रले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । जिल्लाबाट एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्यका लागि जिल्लास्थित विभिन्न राजनीतिक दल र स्वतन्त्रले मुख्य निर्वाचन अधिकृत कार्यालयमा आइतबार उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
जाजरकोटमा अबिरल वर्षाका कारण आएको पहिरो तथा चट्याङ्गमा परेर तीन जना बालबालिकाको मृत्यु भएको छ । लगातारको वर्षाले जुनिचाँदे १० सीर्पा गाउँमा गोठाला गएका एकाघरका दाजु बहिनीको मृत्यु भएको हो ।
उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र परीक्षणहरुमा दक्षिणमा प्रहार गर्ने ‘सामरिक आणविक अभ्यास’हरू समावेश रहेको बताइएको छ ।
लगभग आधा अमेरिकीहरु अमेरिकी स्वास्थ्य सेवा प्रणालीबाट निराश भएका छन् । संयुक्त राज्य अमेरिकाका लगभग ४४ प्रतिशतले चिकित्सा सेवामा असफल भएको मार्केटवाचले एक सर्वेक्षणलाई उद्धृत गर्दै प्रतिवेदन प्रकाशन गरेको छ ।
चीनमा रहेका मध्ये ८३.४ मिटर अग्लो रुख नै सबैभन्दा अग्लो रुख भएको दाबी गरिएको छ । अनुसन्धानकर्ताहरुको वैज्ञानिक एक अनुसन्धानले देशभरकै सबैभन्दा अग्लो रुख सम्बन्धी विवरण आइतवार सार्वजनिक गरेको हो ।