प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी रद्द गर्न निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिनुभएका देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति रहेको भन्दै उजुरी परेको हो ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा राजनीतिक दलको विकल्प अरु हुन नसक्ने बताउनुभएको छ । राजनीतिक दलको विकल्प राजनीतिक दल नै हो उहाँले भन्नुभयो ।
काठमाडौं, असोज २४ गते । फिल्म ‘महापुरुष’ को हल ट्रेलर सार्वजनिक गरिएको छ । प्रदीप भट्टराईको निर्देशनमा बनेको फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, रविन्द्रसिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतको अभिनय रहेको छ । यस्तै, अरुण क्षेत्री र अन्जना बराइलीले यो डेब्यु फिल्म हो । ११ कात्तिकबाट प्रदर्शनमा आउने फिल्मले २५ देखि ३० गतेसम्म मोफसलको सात सहरमा टुर समेत गर्दैछ । षट्कोण आर्टस प्रालिको व्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ हुनुहुन्छ । फिल्ममा दीपक बज्राचार्यले छायाङ्कन, मित्र डी.गुरुङको सम्पादन रहेको छ ।
मलेसियाको संसद् विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद् विघटन गरिएको घोषणा गर्नु भएको हो ।
तनहुँबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा ६२ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले दर्ता गरेको कुनै उम्मेदवारविरुद्ध उजुरी नपरेको जानकारी दिनुभयो ।
समाज साक्षरताका लागि गठन भएको सामुदायिक सिकाइ केन्द्रले महिलालाई उत्पादन काममा जोड्न थालेको छ । तुलसीपुर उपमहानगरपालिका ११ मा रहेको सिकाई केन्द्रले आत्मनिर्भर बन्नका लागि विभिन्न सीप प्रदान गर्दै उत्पादन भएका वस्तुहरुको बजारीकरण समेत गर्न थालेको छ ।
आइतबार ४४ अङ्कले बढेको नेप्से परिसूचक सोमबार २७ अङ्कले गिरावट आएको छ । साताको दोस्रो कारोबारको दिन आज नेप्से परिसूचक २७.१६ अङ्कले घटेर घटेर १८७१.२२ बिन्दुमा झरेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडि)को तथ्याङ्कमा असोज महिनामा मात्रै २० हजार ९६८ जनामा डेंगु पुष्टि भएको र ३१ जनाको मृत्यु भएको उल्लेख छ ।
बंगलादेशमा कार्तिक १५ देखि २५ गतेसम्म आयोजना हुने साफ यू–१५ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारहरुका बारेमा दाबी विरोधको समय आइतबारदेखि शुरु भएको छ । निर्वाचन आयोगका अनुसार असोज २९ गतेसम्म विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फ बुझाएको बन्द सूचिमा समावेश उम्मेदवारको योग्यता सम्बन्धमा दावी विरोधको निवेदन दिन सकिन्छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई भोलि (मङ्गलबार) डिस्चार्ज गरिने भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामबिक्रम अधिकारीले उपचाररत राष्ट्रपति भण्डारीलाई भोलि डिस्चार्ज गरिने जानकारी दिनुभएको हो ।
बुधबारदेखि परेको निरन्तर बर्षाका कारण आएको पहिरोले रत्न राजमार्ग अन्तर्गत सुर्खेत–कोहलपुर सडक खण्ड दुई दिनदेखि अवरुद्ध भएको छ । आईतवारदेखि अवरुद्ध भएको सडक सोमवार दिउँसोसम्म पनि खुल्न सकेको छैन् ।
पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ५४६ जनाको कोरोना परीक्षण गर्दा २७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सोमबार काठमाडौंमा वायुसेवाको २५ औं वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै बुद्ध एयरले प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतसँग २५ वर्षको यात्रामा विभिन्न उतारचढाव भोग्नुपरेको बताउनुभयो ।
कालिकोटको तिलागुफा नगरपालिका –४ राँचुली गाउँमा मलामी गएका १५ जना बेपत्ताध्ये १३ जनाको शव फेला परेको छ । मृतक स्थानीय युवक हेमराज शाहीको मलामीमा गएका वडा ४ का वडा अध्यक्ष परबहादुर शाहीसहित १५ जना वेपत्ता हुनुभएको थियो ।