• १६ भदौ २०८१, आइतबार

फिल्म ‘महापुरुष’को ट्रेलर सार्वजनिक

blog

काठमाडौं, असोज २४ गते । फिल्म ‘महापुरुष’ को हल ट्रेलर सार्वजनिक गरिएको छ । प्रदीप भट्टराईको निर्देशनमा बनेको फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, रविन्द्रसिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतको अभिनय रहेको छ । 

यस्तै, अरुण क्षेत्री र अन्जना बराइलीले यो डेब्यु फिल्म हो । ११ कात्तिकबाट प्रदर्शनमा आउने फिल्मले २५ देखि ३० गतेसम्म मोफसलको सात सहरमा टुर समेत गर्दैछ । 

षट्कोण आर्टस प्रालिको व्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ हुनुहुन्छ । फिल्ममा दीपक बज्राचार्यले छायाङ्कन, मित्र डी.गुरुङको सम्पादन रहेको छ ।