सप्तरीको निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) बाट उपेन्द्र यादव तथा जनमत पार्टीबाट डा. सिके (चन्द्रकान्त) राउतबीच प्रतिस्पर्धा हुनेभएको छ । दुवैजनाले एउटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएपछि सो प्रतिस्पर्धा हुनेभएको हो ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरीबाट दुई हजार १२८ जनाले उम्मेदवारी दिनुभएको छ । १६५ पदका लागि एक हजार ९३७ जना पुरुष र १९१ जना महिलाले विभिन्न दल तथा स्वतन्त्रबाट सो संख्यामा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले महोत्तरी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदको लागि मनोनयन दर्ता गराउनुभएको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि नेकपा (एमाले) बाट अर्घाखाँचीमा टोपबहादुर रायमाझीले मनोनयन दर्ता गर्नुभएको छ ।
पाँचथर जिल्लाका राजनैतिक दलहरुले मंसिर ४ गते हुने प्रदेश प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उत्साहजनक रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधि सभाको एकमात्र निर्वाचन क्षेत्र रहेको बाजुराबाट नेकपा (एमाले) का उम्मेदवारहरुले प्रतिनिधि सभा र प्रदेश सभाका लागि आइतबार दिउँसो मनोनयन दर्ता गराउनुभएको छ ।
नेपाली कांग्रेसका पार्टी उपसभापति एवम् पुर्व गूहमन्त्री पूर्णबहादुर खड्काले मनोनयन दर्ता गर्नुभएको छ । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि खड्काले वारेसनामामार्फत मनोनयन दर्ता गराउनु भएको हो ।
नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रियता विरोधी कदमको प्रतिवाद गर्न प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएको बताउनुभएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको चुनावी मनोनयन दर्ताको समय सकिएको छ । आइतबार बिहान विभिन्न दलका नेताहरुले आफ्नो निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा गई चुनावी मनोनयन दर्ता गराएका छन् ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि पर्वतमा दलहरुले उत्साहकासाथ मनोनयन दर्ता गराएका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभातर्फ सुनसरी क्षेत्र नम्बर ४ बाट मनोनयन दर्ता गराउनुभएको छ । नेपाली कांग्रेसका नेतासमेत रहनुभएका कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवा पुगेर मनोनयन दर्ता गराउनुभएको हो ।
आउँदो मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि इलाममा आइतबार उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । प्रतिनिधि सभा निर्वाचनका लागि दुई वटा क्षेत्रमा गठबन्धन र नेकपा (एमाले) बीच इलाममा रोचक भीडन्त हुने देखिएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । नेता पौडेलले गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गर्नुभएको हो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा मधेस प्रदेश र बागगमती प्रदेशले विजयी शुरुवात गरेका छन् । पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा आइतबार देखि सुरु भएको प्रतियोगितामो उद्घाटन खेलमा मधेशले गण्डकी प्रदेशलाई ४० रनले हरायो । अर्को खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले स्तब्ध बनायो ।
ताप्लेजुङबाट नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले उम्मेदवारी दर्ता गर्नुभएको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि सचिव भट्टराईले उम्मेदवारी दर्ता गर्नुभएको हो ।