साताको पहिलो कारोबारको दिन आइतबार उच्च अङ्कले बढेको नेप्से दोस्रो कारोबारबाट गिरावट भएसँगै तेस्रो कारोबारको दिनपनि निरन्तरता पाएको छ ।
नवराज कट्टेलविराटनगर, असार १४ गते। बिहानैदेखि परेको वर्षाले मोरङको केराबारी गाउँपालिका-९ बेलचौरीस्थित तुर्के खोलामा निर्माणाधीन पुल भत्किएको छ। बेलचौरी र भलुवा जोड्ने पुलको आधा भाग बाढीका कारण भत्किएको हो। स्थानीय यज्ञ कटवालका अनुसार दश वर्षदेखि निर्माणाधीन पुल भत्किएपछि स्थानीय थप समस्यामा पर्ने भएका छन्। मङ्गलबार बिहानदेखि परिरहेको पानीका कारण मोरङका नौ स्थानीय तह प्रभावित बनेका छन्। विराटनगर महानगरपालिका-८ का २५ घरपरिवार विस्थापित भएका छन्। सम्भावित जोखिममा रहेका ९५ परिवारलाई त्रिपाल टाँगेर सुरक्षित स्थानमा सारिएको छ। यसैगरी घिनाघाट-विराटचौक सडक अन्तर्गत ग्रामथानको खुनियाकट्टामा सडक अवरोध भएको छ। त्यहाँ डाइभर्सनमार्फत बाटो खुलाउने काम भइरहेको मोरङ प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभएको छ। कानेपोखरी-६ मा भलुवा खोलाको बाढी पसेर तेजबहादुर दर्जीको घरमा क्षति पुगेको छ। सुनवर्षी नगरपालिका-६ मा बक्राहा खोलाले बाँध कटान गर्न थालेपछि अहिले रोकथामको प्रयास भइरहेको छ। खोला बस्तीमा पस्ने जोखिम बढेपछि सुरक्षा निकाय परिचालन गरिएको छ। मोरङको बुढीगङ्गा गाउँपालिका-२ मा रहेको विराट टिचिङ अस्पतालको आकस्मिक कक्षामा पानी पस्दा सेवा अवरुद्ध भएको छ। यसैगरी बुढीगङ्गा गाउँपालिका-२ को खाप टोलका २६ घरमा सिंघिया खोलाको बाढी पसेपछि ११५ जनालाई वडा कार्यालयको भवनमा स्थानान्तरण गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। कटहरी गाउँपालिका-१ टाइगरटोलमा सिंघियाको बाढी पस्दा ६० घरपरिवारका २५० जनालाई स्थानान्तरण गरिएको छ।
महानगरमा हैजा रोकथाम गर्न सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । पानीको स्वच्छता र वातावरणीय सरसफाइसँगै सेचतनामुलक र उपचारका कार्यक्रम गरिरहेको छ ।
पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
काठमाडौं विश्वविद्यालय (केयू)ले मास्टर्स इन मिडिया स्टडिज कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
जैशिदेवल तेक्वान्दो डोजाङका खेलाडीहरुले इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगतामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । सो प्रतियोगता असार १७ देखि १९ गतेसम्म हुनेछ ।
चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आएको छ।
गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा १२औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । प्रतियोगिता असार १८ गतेदेखि २० गतेसम्म सदरमुकाम तम्घासको चिदिचौर खेलमैदानमा हुने जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिनुभयो ।
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
काठमाडौं, असार १४ गते। शहरी विकासमन्त्री मेटमणि चौधरीले मुलुक बनाउन प्रधानमन्त्री र मन्त्री मात्रै इमानदार भएर नहुने बताउनुभएको छ। मङ्गलबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री चौधरीले यस्तो बताउनुभएको हो। उहाँले सबै नागरिक र कर्मचारी पनि इमानदार हुनुपर्नेमा जोड दिनुभयो। मन्त्री चौधरीले भन्नुभयो, ‘‘यो देश जोगाउनका लागि सबैले आ-आफ्नो योगदान गरौं। हामी यो मुलुकलाई बनाउने हो भने प्रधानमन्त्री, मन्त्री इमान्दार भएर मात्रै पुग्दैन। सबै नागरिक र कर्मचारी पनि इमानदार हुनुपर्छ।’’ मन्त्री चौधरीले मन्त्री पदमा रहेसम्म इमानदारीसाथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले मुलुकलाई सही बाटोमा लैजाने राम्रो भिजन भएको नेतृत्वको कमी रहेको बताउनुभयो।मघ्सिर २१ गते निर्वाचन घोषणाको तयारी मन्त्री चौधरीले सरकारले आगामी मङ्सिर २१ गते सङ्घ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताउनुभएको छ। उहाँले भन्नुभयो, ‘‘निर्वाचन मैले ठ्याक्कै भन्न सक्दिन। तर, मङ्सिरको २१ गते हुनेगरी सरकारले अबको दुई/तीन महिनापछि सङ्घ र प्रदेशको निर्वाचन घोषणा गर्छ।’’उहाँले सरकारले निर्वाचन गर्ने मिति नै नतोकेको भए पनि दुई÷तीन महिनामा निर्वाचन घोषणा गर्ने तयारी रहेको प्रष्ट पार्नुभएको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेडियो नेपालको डिजिटल प्लेटफर्म ओटीटी एप्स सार्वजनिक गर्नुभएको छ ।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा अजरबैजानतर्फ प्रस्थान गर्नुभएको छ । मङ्गलबार बिहान ११ बजेर १५ मिनेटमा सभामुख सापकोटाको नेतृत्वको संसदीय प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
भीषण वर्षाका कारण बुटवलका सबैजसो सडक जलमग्न भएका छन् । सडक जलमग्न र हिलाम्य भएपछि पैदलयात्रीलाई समस्या भएको छ भने सवारी आवागमन अवरुद्ध भएको छ ।
मन्त्रिपरिषद् बैठक मङ्गलबार बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।
नेकपा (एमाले)का पूर्व उपाध्यक्ष वामदेव गौतमले आज औपचारिकरुपमा नयाँ पार्टीको घोषणा गर्नुहुने भएको छ । उहाँले नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान नामको पार्टी घोाषणा गर्न लाग्नु भएको हो ।