• १३ साउन २०८१, आइतबार

बाजुरामा नेता थापाको उम्मेदवारी दर्ता

blog

प्रकाशविक्रम शाह 

धनगढी, असोज २३ गते । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधि सभाको एकमात्र निर्वाचन क्षेत्र रहेको बाजुराबाट नेकपा (एमाले) का उम्मेदवारहरुले प्रतिनिधि सभा र प्रदेश सभाका लागि आइतबार दिउँसो मनोनयन दर्ता गराउनुभएको छ ।  

प्रतिनिधि सभाका लागि एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री कर्णबहादुर थापाले उम्मेदवारी दर्ता गराउनुभएको हो । थापा २०७० को संविधान सभा सदस्यमा बाजुराबाटै निर्वाचित हुनुभएको थियो । 

एमाले निकट प्रेस चौतारी नेपालका प्रदेश अध्यक्ष कृष्ण ओलीका अनुसार प्रदेश सभा (क) बाट अहिलेका प्रदेश सभा सदस्य बलदेव रेग्मी र (ख) बाट लालबहादुर थापाले उम्मेदवारी दर्ता गर्नुभएको छ । 

प्रदेश सभामा उठ्नुभएका एमालेका केन्द्रीय सदस्य र बाजुरा जिल्ला इन्चार्ज थापा २०५४ सालको जिल्ला विकास समितिको सभापतिसमेत हुनुहुन्थ्यो । अविरल वर्षाका कारण एमाले उम्मेदवार र समर्थकहरू छाता ओढेर मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको थियो ।