• १२ असार २०८१, बुधबार

लोसपा अध्यक्ष ठाकुरको महोत्तरीबाट उम्मेदवारी दर्ता

blog

लोसपा अध्यक्ष महन्थ ठाकुर मनोनय दर्ता गराउनु हुँदै । तस्बिर : महेशकुमार दास

महेशकुमार दास

जलेश्वर, असोज २३ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले महोत्तरी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदको लागि मनोनयन दर्ता गराउनुभएको छ । 

लोसपा अध्यक्ष ठाकुरले जलेश्वरस्थित जिल्ला समन्वय समितिमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनय दर्ता गराउनुभएको हो । प्रदेश सभा सदस्यतर्फ निर्वाचन क्षेत्र नं. ३ (क) मा अभिराम शर्मा र ३ (ख) रानीकुमार तिवारीले लोसपा नेपालबाटै मनोनय दर्ता गराउनुभयो ।  

लोसपा अध्यक्ष ठाकुर र प्रदेश सभा सदस्यद्वय शर्मा र तिवारी यही क्षेत्रबाट २०७४ मा भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा निर्वाचित हुनुभएको थियो । यसैगरी लोसपा नेपालका शरतसिंह भण्डारीले महोत्तरी निर्वाचन क्षेत्र नं. २ बाट मनोनय दर्ता गराउनुभयो । 

यसैगरी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणी पोखरेलले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउनुभएको छ । 

पोखरेलले महोत्तरी निर्वाचन क्षेत्र नं. —१ का लागि प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराउनु भएको हो । पोखरेल यसअघि तीन पटक महोत्तरी निर्वाचन क्षेत्र नं. –१ बाटै निर्वाचित हुनुभएको थियो ।