• ११ असोज २०८१, शुक्रबार

एमाले सचिव भट्टराईको उम्मेदवारी दर्ता

blog

उम्मेदवारी दर्ता गर्नुहुँदै एमाले सचिव योगेशकुमार भट्टराई । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज २३ गते । ताप्लेजुङबाट नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले उम्मेदवारी दर्ता गर्नुभएको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि सचिव भट्टराईले उम्मेदवारी दर्ता गर्नुभएको हो । 

भट्टराईको उम्मेदवारीको प्रस्तावकमा एमाले ताप्लेजुङका सचिव केशरकुमार मेन्याङ्बो र समर्थकमा उपसचिव दिपेन पोमु रहनुभएको छ । प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा उहाँले दोस्रो पटक उम्मेदवार बन्ने अवसर पाउनुभएको हो । यसअघि २०७४ को निर्वाचनमा पनि ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा भट्टराई निर्वाचित हुनुभएको थियो । 

विगत २०६४ र २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा भने काठमाडौंको विभिन्न क्षेत्रमा चुनाव लड्नु भए पनि उहाँ पराजित हुनुभएको थियो । यस्तै, ताप्लेजुङको प्रदेशसभा सदस्यमा एमालेका तर्फबाट प्रदेश १ (क) मा पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्बो र (ख) मा प्रदेश कमिटी सदस्य गोपाल थोप्राको उम्मेदवारी परेको छ ।