कैलालीमा बुधबार रातिदेखिको अविरल वर्षापछि बाढीको खतरा बढेको छ । कर्णाली नदीमा पानीले खतराको तह पार गरेको छ । जल मापन केन्द्र चिसापानीको गेज रिडर पार्वती गुरुङका अनुसार कर्णाली नदीमा पानीको सतह बढ्दै गएकाले तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ । वर्षा निरन्तर हुनुका साथै चिसापानीमा पानीको सतह बढ्दै गएकाले जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न अपिलसमेत गरिएको छ । कर्णालीमा पानीको सतह १०.८ पुगेमा खतरा तह पार भएको मानिन्छ ।
लेखक सहायक रथी केशरबहादुर भण्डारीको ‘नेसनल सेक्युरिटी एन्ड दी स्टेट : अ फोकस अन नेपाल’ नामक पुस्तक विमोचन गरिएको छ। हाम्रो सुरक्षा नीति के हो ? यो कसले र कसरी निर्धारण गर्छ ? यसको कार्यान्वयन कसरी भइरहेको छ ? भन्ने जिज्ञासाको उत्तर पुस्तकभित्र पढ्न पाइन्छ। गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ र लेखक भण्डारीले संयुक्त रूपमा पुस्तक अनावरण गर्नुभएको हो।
हाल देशभर सामान्यदेखि पूर्ण बदली भएको छ । प्रदेश नं १, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
राष्ट्रिय जनगणना–२०७८ को पूर्णविवरण सार्वजनिक हुँदा मृत्युको कारणसहित विवरण सार्वजनिक गरिने भएको छ। कुन कारणले मानिसको मृत्यु भएको हो भन्ने यकिन तथ्याङ्कसहित विवरण सार्वजनिक हुने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ। यस अगाडिको जनगणनामा भने मृत्युका कारण खोजी गर्ने गरिएको थिएन।
पाँच दिनदेखिको निरन्तर वर्षा र राप्ती नदीसहित विभिन्न खोलामा आएको बाढी, डुबान र कटानबाट धान बालीसहितको खेतीमा ठूलो क्षति पुगेको छ । बाढीले राप्ती नदी वरपरका अधिकांश खेतको धान ढालेको छ भने तोरी र अन्य खेती तथा तरकारी खेतीमा पनि ठूलो नोक्सानी पु¥याएको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ । दशैँ बिदाका कारण क्षतिको यकिन विवरण भने सङ्कलन गर्न नसकिएको तर जिल्लाका विभिन्न स्थानबाट धान, तोरी तथा तरकारी बालीमा ठूलो क्षति पुगेको सूचनाहरू आइरहेको कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालले बताउनुभयो ।
लगातारको झरीका कारण पोखराको प्याराग्लाइडिङ उडान ठप्प भएको छ । दशैँका बेला बिदामा पोखराको पर्यटनमा प्याराग्लाइडिङका निकै उडान हुने गरेकामा यस पटक भने झरीले पोखरा घुम्न आएका पाहुनाको हिँडडुल नै रोकिँदा समग्र पर्यटन व्यवसायी नै व्यवसायविहीनजस्तै भएका छन् । पोखरा आएर प्याराग्लाइडिङ गर्ने आन्तरिक पर्यटक झरीका कारण उड्न पाएनन् ।
लामो समयदेखि अन्योलमा रहेको कोरोना बीमाको दाबी भुक्तानी सुचारु हुने भएको छ । अर्थ मन्त्रालयले कोरोना बीमा दाबी भुक्तानीका लागि निकासा गरेको एक अर्ब रुपियाँ बीमा समितिको खातामा जम्मा भएको बीमा समितिले जनाएको छ । समितिका प्रवक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले रकम समितिको खातामा आएको बताउँदै प्राप्त रकम कसलाई र कसरी वितरण गर्ने भन्नेबारेमा छलफल हुन बाँकी रहेको बताउनुभयो । कोरोना बीमाको दाबी रकम पहिलो चरणमा कसलाई कसरी वितरण गर्ने भन्नेबारेमा सोमबार अर्थ मन्त्रालयमा बीमा समिति, बीमा कम्पनी र अर्थ मन्त्रालयबीच छलफलपछि मात्रै समितिले निर्णय गर्ने उहाँको भनाइ थियो ।
इतिहासको कुनै कालखण्डमा नेपालले सिक्का उत्पादन गरेर तिब्बतमा पठाइने गरिन्थ्यो। त्यसबाट नेपाललाई सिक्का टङ्कणबापत मोटो रकम आर्जन हुन्थ्यो। तर, अहिले परिस्थिति बदलिएको छ। सिक्का टङ्कणको प्रविधिलाई समयानुकूल परिमार्जन गर्न नसक्दा सिक्का टङ्कण सहज छैन। सस्तो पनि छैन। साथै कागजी नोट छपाइ स्वदेशमा हुँदैन। छपाइका लागि विदेशमा नै निर्भर हुनुपर्ने अवस्था विद्यमान छ। कागजी नोट छपाइका निम्ति बर्सेनि अर्बौं रुपियाँ खर्चिनुपर्ने बध्यता नेपालको रहेको छ।
प्रतिनिधि तथा प्रदेश सभाका लागि उम्मेदवार चयनसँगै नेपालका प्रमुख राजनीतिक दलभित्र तीव्र असन्तोष सुरु भएको छ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका उम्मेदवार बनाउने क्रममा पार्टी नेतृत्वले गरेका निर्णयका कारण यो असन्तोष चुलिएको हो। कति बागी र विद्रोहीले यो वा त्यो पार्टी रोजेर वा स्वतन्त्र रूपमा नै उम्मेदवारी दिने हुन्, त्यो निर्वाचन आयोगबाट उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि नै प्रस्ट हुनेछ। सत्ता गठबन्धनमा रहेका दलहरूमा मात्र यो समस्या छैन, गठबन्धनका विरुद्ध घोक्रो सुकाएर भाषण गर्ने नेकपा एमालेमा त्योभन्दा चर्को र जटिल समस्या देखा परेको छ।
अबको एक महिनाभित्र विश्वको जनसङ्ख्या आठ अर्ब पुग्दै छ। विश्वमा अहिले ९६० मिलियन मानिस भोकै विस्तारामा पुग्न बाध्य छन्। जबसम्म मानिसको पेटमा दुई छाक खाना पु-याउन सकिँदैन तबसम्म अन्य विकासका गफ हाँक्नु कुनै पनि सरकारका लागि शोभनीय विषय होइन। जबसम्म खेर जाने अन्नलाई नियन्त्रण गरेर खान नपाउनेको पेट भर्ने विश्वव्यापी प्रयास गरिँदैन तबसम्म भोकमुक्त समाज निर्माण सम्भव छैन। दिगो कृषि उत्पादनको माध्यमबाट प्रदूषणमुक्त भोजन मानव थालीमा पु¥याउने गहन जिम्मेवारी व्यक्ति, परिवार, समाज, सरकारको त हो नै त्यसबाहेक खाद्य तथा कृषि सङ्गठनले पनि संयुक्त राष्ट्रसङ्घको विशिष्टीकृत संस्थाले पनि विश्वव्यापी रूपमा दिगो कृषि र स्वस्थ भोजनका लागि प्रयास गरिरहेको छ।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि आइतबार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् ।
यो छ/आठ महिनामा विश्वभर नै मूल्य वृद्धिको चर्को चाप प¥यो। खासगरी रुस र युक्रेन युद्धले संसारभरका उपभोक्ता महँगीको मारमा परे। आपूर्ति व्यवस्थामा प्रतिकूल असरले उपभोक्तालाई सतायो। विश्वभर औसत १० प्रतिशत हाराहारीमा मूल्य वृद्धि भएको देखिएको छ। नेपाली रुपियाँ छ महिनाअघि प्रतिडलर १२० रुपियाँभन्दा कमी थियो र अहिले प्रतिडलर १३० रुपियाँभन्दा उकालो लागेको छ। यसले पनि नेपाली बजारमा मूल्य वृद्धिको पीडा प्रतिविम्ब गर्छ। तर, नेपाली बजारमा अन्तर्राष्ट्रिय बजा
कर्णाली प्रदेशमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ । अविरल वर्षाका कारण मार्ग अवरुद्ध हुँदा कतिपय उम्मेदवारले वारेसमार्फत आफ्नो मनोनयन दर्ता गराएका थिए ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन दर्ता सम्पन्न भएको छ । सुदूरपश्चिममा प्रतिनिधि सभाका १६ र प्रदेश सभाका ३२ क्षेत्र रहेका छन् ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आइतबार लुम्बिनी प्रदेशमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उत्साहका साथ मनोनय दर्ता गरेका छन् । उम्मेदवारको मनोनयनसँगै चुनावी माहोल पनि बढेको छ ।