• १३ साउन २०८१, आइतबार

भोकमुक्त विश्वको परिकल्पना

blog

अबको एक महिनाभित्र विश्वको जनसङ्ख्या आठ अर्ब पुग्दै छ। विश्वमा अहिले ९६० मिलियन मानिस भोकै विस्तारामा पुग्न बाध्य छन्। जबसम्म मानिसको पेटमा दुई छाक खाना पु-याउन सकिँदैन तबसम्म अन्य विकासका गफ हाँक्नु कुनै पनि सरकारका लागि शोभनीय विषय होइन। जबसम्म खेर जाने अन्नलाई नियन्त्रण गरेर खान नपाउनेको पेट भर्ने विश्वव्यापी प्रयास गरिँदैन तबसम्म भोकमुक्त समाज निर्माण सम्भव छैन। दिगो कृषि उत्पादनको माध्यमबाट प्रदूषणमुक्त भोजन मानव थालीमा पु-याउने गहन जिम्मेवारी व्यक्ति, परिवार, समाज, सरकारको त हो नै त्यसबाहेक खाद्य तथा कृषि सङ्गठनले पनि संयुक्त राष्ट्रसङ्घको विशिष्टीकृत संस्थाले पनि विश्वव्यापी रूपमा दिगो कृषि र स्वस्थ भोजनका लागि प्रयास गरिरहेको छ। 

यो धरतीमा अन्य कुनै जीवजन्तु पशुपन्छी र वनस्पति  सम्भवतः भोको रहँदैन मानिसबाहेक। मानिस भोको रहनुमा खाद्यान्नको असन्तुलित वितरण मुख्य समस्या हो। धनीले धेरै खाना खान नसकेर फाल्ने र गरिबको थालीमा दुई छाक रोटी पनि नहुनु सभ्य र विवेकशील भनिएको मानव जातिका लागि ठूलो चुनौतीको विषय हो। विश्वमा शून्य भोकको अवस्था कायम नगरिएसम्म अन्य सबै प्रकार विकासका प्रयास निरर्थक हुन्छ भन्ने सरकार र जिम्मेवार निकायले सोच्न जरुरी छ। 

विश्वभर खाद्यान्नको सुरक्षित उत्पादन, पोषणको उचित जानकारी दिई दिगो र माटो प्रदूषणमुक्त उत्पादनको माध्यमबाट मानिसलाई भोकमुक्त गराउने महान् अभियानमा खाद्य एवं कृषि र सङ्गठन विश्व खाद्य कार्यक्रम लागेका छन्। यसलाई थप प्रभावकारी बनाउन १६ अक्टोबर सन् १९७९ बाट विश्व खाद्य दिवस मनाउन थालिएको हो। ४२औँ  खाद्य दिवसले कसैलाई पनि पछाडि नछोडौँ मानव जातिलाई कम्तीमा भोकमुक्त बनाउने प्रयास गरेको छ। यस वर्षको नारा ‘उत्पादन, पोषण र वातावरणमा सुधार ः सुखी जीवनको आधार’ भन्ने राखिएको छ। 

कृषिउपज, माछामासु, तरकारी दूध आदिको दिगो रूपमा उत्पादन बढाएर पोषणयुक्त खाना मानव पेटमा पु¥याउनु  आजको सबैभन्दा ठूलो आवश्यकता हो। मानिसलाई स्वस्थ खानाका लागि सुरक्षित र दिगो कृषि विकासमा हरेकतिरबाट प्रयास गरिनु अति आवश्यक छ। कृषि उत्पादन नै खाद्यान्नको मूल स्रोत हो। त्यसैले प्रत्येक मानिसले आफ्ना लागि चाहिने खाद्यान्न उत्पादन गर्ने प्रयास गरौँ। त्यसो नभए व्यावसायिक कृषि उत्पादनलाई पूर्ण रूपमा अर्गानिक बनाउने प्रयास गरौँ। 

हाम्रो खेत रासायनिक मल, विषादीयुक्त कीटनाशक, सेन्थेटिक केमिकलयुक्त पदार्थबाट मुक्त नभएसम्म न हाम्रो पृथ्वी प्रदूषणमुक्त हुनेछ  न त हाम्रो भान्छाको खाना, फलफूल, तरकारी र माछामासु शुद्ध हुनेछ। त्यसैले शुद्ध र केमिकलमुक्त भोजनबाट पेट भर्न हाम्रो कृषि प्रणालीलाई प्रदूषण र रसायनमुक्त बनाउन जरुरी छ। पहिलो चरण प्राकृतिक विधि अवलम्बन गरी उत्पादन बढाउने प्रयास गरौँ। दोस्रो चरणमा सन्तुलित भोजन, पोषणयुक्त भान्छामा जोड दिनुका साथै मानव जातिलाई भोकमुक्त राख्न सरोकारवाला निकायको प्रयास अति नै आवश्यक छ। 

हाम्रो खानामा पोषण भन्नाले कार्बोहाइड्रेट, चिल्लो पदार्थ, प्रोटिन, भिटामिन (ए, बी १,२,३, ५, ६, ७, ११ र १२ सी, डी, ई, के) पानी, खनिज (आइरन, जिङ्क, क्याल्सियम, फस्फोरस, पोटासियम, सोडियम, आयोडिन), पानी, इन्सुलिनलगायतका हार्मोन, मेटाबोलिज्मजस्ता तìवलाई बुझिन्छ। मानिस बाँच्नका लागि खानाबाट प्राप्त हुने पोषण माथि उल्लेख गरिएका तत्व नै हुन्। यी तìवको सन्तुलनले नै मानिसको दीर्घजीवन सम्भव हुन्छ। यसैबाट, ऊर्जा, उमङ्ग, उत्साह, वृद्धि गर्ने तìव, विद्या, बुद्धि, बल प्राप्त हुन्छ। यदि हाम्रो खाना अर्थात् उत्पादन गर्दा जैविक र प्राकृतिक तरिकाको उत्पादनको ठाउँमा केवल कृत्रिम रासायनिक मल, औषधि मात्र प्रयोग गरियो भने हाम्रो धरती पनि प्रदूषित हुन्छ र खाना पनि पोषणयुक्त हुँदैन। 

एकातिर खाद्यान्नको समस्या र अर्कोतिर सन्तुलित भोजनको बढ्दो आवश्यकता बीच जैविक मल प्रयोग गरिएको अर्गानिक खेतीको आवश्यकता बढेको छ तर हामी अन्धाधुन्ध रासायनिक मल, कीटनाशक औषधि, हार्मोन आदि प्रयोग गरी उत्पादन बढाउन लागेका छौँ। त्यसले माटोको गुणस्तर घटाएको छ, मानिसको स्वास्थ्यमा प्रतिकूल असर पारेको छ भने वातावरण नै प्रदूषित भएको छ। माटोमा अत्यधिक संश्लेषणात्मक र कृत्रिम तìव तथा यौगिकहरू प्रयोग गरिएका कारण माटो उर्वरताहीन हुँदै गएको छ। यसले ज्यादै ठूलो स्वास्थ्य सङ्कट निम्त्याउन सक्छ। त्यसैले हामी सबै सचेत हुनुपर्छ।

वातावरणमा व्यापक सुधार गर्ने, मानिसलाई माटो तथा आहार प्रदूषणबाट बचाउने हो भने अब प्राकृतिक खेती अर्गानिक वा जैविक खेतीको अवस्थामा फर्किन जरुरी छ। अर्गानिक खेतीले वातावरण प्रदूषणलाई रोक्नुका साथै अन्नमार्फत मानव स्वास्थ्यलाई नकारात्मक असर पार्ने अनेक प्रकारका रोगबाट बचाउँछ। 

अर्गानिक खेतीमा गाईभैँसीको मलमूत्र, कम्पोस्ट मल, वनस्पतिजन्य कीटनाशक औषधि, बिरुवाको पोषणका लागि जैविक उपाय, जैविक विविधताको प्रयोग, प्रत्येक वर्ष फरक बाली लगाउने, गँड्यौलायुक्त मलको प्रयोग आदि तरिका अवलम्बन गरी उत्पादन गर्ने र त्यस्तो शुद्ध खाद्यान्नबाट निर्मित भोजनबाट आठ अर्ब जनसङ्ख्या भएको विश्व पोषणयुक्त आहार पु-याउने काममा खाद्य तथा कृषि सङ्गठनको अथक प्रयासका साथै सबै सरकार, विभिन्न गैरसरकारी निकायलगायत हरेक नागरिक सचेत र क्रियाशील हुन जरुरी छ। 

आहारविहार र आचारविचारमा सबै मानव जाति समुचित ध्यान पु-याउन सक्ने हो भने सबै परिवारमा खुसी र सम्पन्नताका आधार तयार हुने हँुदा खाद्य सङ्गठनको नाराअनुसार नै हरेक सरोकारवाला पक्ष आममानवको समृद्ध जीवनका लागि उपयुक्त विधिबाट उत्पादन, परिपूर्ण पोषण, शुद्ध वातावरणसहित पारिवारिक खुसीयुक्त विश्वको निर्माण गरौँ। भारतको सिक्किम राज्य पूर्ण अर्गानिक खेतीयुक्त राज्य बनेको छ अब विश्वले यो अभ्यास समय छँदै सबैतिर सुरु गर्न अत्यावश्यक छ। मानव जीवनलाई जतिसक्यो प्रकृतिअनुकूल बनाउनुले नै वातावरण र भोजन शुद्ध हुने आधार बन्नेछ।

नेपालमा पनि अर्गानिक खेतीको प्रयास सुरु भएको छ। यो अभियानलाई अलि बढी संवेदनशील तरिकाले सुरु गरेर यसको महìव र आवश्यकता आमजनतालाई जानकारी गराउन आवश्यक छ। कृषि उत्पादन प्रणाली शुद्धता, जैविक र प्रणालीको सुरुवात नभएसम्म हाम्रो जमिन पनि प्रदूषणमुक्त हुनेछैन भने हाम्रो भान्छा पनि शुद्ध र स्वास्थवद्र्धक हुनेछैन। 

खाद्यान्न उत्पादन बढाएर कृषिमा व्यवसायीकरण गर्ने आजसम्मको प्रयासलाई परिवर्तन गर्न नसकिएमा हाम्रो धर्ती पनि प्रदूषणको सिकार हुनेछ भने त्यसरी उब्जाइएको अन्न पनि मानव स्वास्थ्यका लागि उपयुक्त हुनेछैन। त्यसैले अबका दिनमा खेतीमा कुनै प्रकारको रासायनिक तìवको प्रयोगलाई रोकेर जसरी हुन्छ अर्गानिक विधिको प्रयोग गरी माटोमा उत्पादन क्षमतालाई पनि दीर्घकालका लागि सुरक्षित गर्न सकिन्छ भने अर्कोतिर यसरी गरिएको उत्पादनले हाम्रो भोजनलाई पनि स्वस्थ बनाउनेछ। 

मानव जीवनमा अजम्बरी त कोही छैन तर खानाको सन्तुलन मिलाउन सके दीर्घजीवन प्राप्त हुने निश्चित छ।  कोभिड–१९ महामारी पछिको ग्लोबल हङ्गर इन्डेक्सले जनाएअनुसार लाखौँ मानिस विश्वभरमा भोकै सुत्न बाध्य भएका छन्। अक्सफामको प्रतिवेदनले पनि कोभिडपछि खान पाउने र नपाउने बीचको खाडल ज्यादै विकराल हुँदै गएको बताइएको छ। अनेक समस्या अनेक अप्ठ्याराका बीचमा पनि सचेत मानव जातिले आफू र आफ्ना सन्ततिको भविष्य सुनिश्चित गर्न कृषि उत्पादन स्वच्छ तरिकाले बढाउँदै सबै मानिसलाई शून्य भोकको अवस्थामा ल्याउनबाट पछि हट्नु हुँदैन। 

यसका लागि विभिन्न तरिकाको खोजी गर्न मानव चेतना, विवेक, ज्ञान, प्रतिभा र प्रयास जारी राख्नुपर्छ। भोक कसैको रहर होइन बाध्यता यसको समाप्ति नै मानवको महानता हो। विश्वको कुनै कुनाको भोको पेट समग्र मानवताको दरिद्रताको प्रतीक हो।