• १३ साउन २०८१, आइतबार

भण्डारीको पुस्तक विमोचन

blog

काठमाडौँ, असोज २४ गते । लेखक  सहायक रथी केशरबहादुर भण्डारीको ‘नेसनल सेक्युरिटी एन्ड दी स्टेट : अ फोकस अन नेपाल’ नामक पुस्तक विमोचन गरिएको छ। हाम्रो सुरक्षा नीति के हो ?  यो कसले र कसरी निर्धारण गर्छ ? यसको कार्यान्वयन कसरी भइरहेको छ ? भन्ने जिज्ञासाको उत्तर पुस्तकभित्र पढ्न पाइन्छ।  गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ र लेखक भण्डारीले संयुक्त रूपमा पुस्तक अनावरण गर्नुभएको हो। 

पुस्तकको एउटा अध्यायले नेपाली सेना, यसको भूमिका, विशेषता र साङ्गठनिक एवं अन्य पक्षहरूलाई निष्ठापूर्वक समेट्ने जमर्को गरेको छ। यसले नेपाली सेनाको संस्थागत स्वरूपलाई समेत आमपाठकमाझ स्पष्ट पार्ने लेखकको ठम्याइ छ।  विमोचन समारोहमा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले पुस्तकको महत्वबारे चर्चा गर्नुभएको थियो।