• ६ चैत २०८२, शुक्रबार

आजको मौसमःहल्कादेखि मध्यम वर्षाको सम्भावना

blog

काठमाडौं, असोज २४ गते । हाल देशभर सामान्यदेखि पूर्ण बदली भएको छ । प्रदेश नं १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा  भइरहेको छ। 

सोमबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाका साथै यी प्रदेशका एक दुई स्थानमा धेरै भारी  वर्षाको पनि सम्भावना  छ। 

हाल नेपालमा उत्तरपूर्वी राजस्थानको आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ।