राजधानी काठमाडौँलगायत गण्डकी प्रदेशका अधिकांश क्षेत्रलाई तराईसँग जोड्ने ‘लाइफलाइन’का रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा रहेका जीर्ण र साँघुरा पुलका कारण यस क्षेत्रमा यात्रा गर्ने यात्रुले सास्ती खेप्नुपरेको छ। पहिरोको उच्च जोखिमसँगै साँघुरा र जीर्ण पुलका कारण यस क्षेत्रमा सवारी आवागमन कठिन भएको र यात्रुले सास्ती भोग्नुपरेको हो।
राज्यका सबै निकायमा महिला सहभागिता ३३ प्रतिशत सुनिश्चित हुनुपर्ने माग गरिँदै आए पनि यस पटकको निर्वाचनमा समेत दलहरूले महिलालाई पत्याएनन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा महिला नेतृत्वप्रतिको दलहरूको अविश्वास, तालमेल र गठबन्धनका नाममा महिलालाई उम्मेदवार हुनबाट वञ्चित तुल्याइएको छ ।
आसन्न निर्वाचनका लागि भक्तपुरमा राजनीतिक दलभन्दा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या दोब्बर रहेको छ। भक्तपुरका दुईवटै निर्वाचन क्षेत्रको प्रतिनिधि सभा र प्रदेशमा सभा गरी १९ वटा राजनीतिक दलका तर्फबाट उम्मेदवारी दर्ता गरिएको छ भने स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या ३८ रहेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ।
वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक छ । ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको सघन उपचार कक्षमा उहाँको उपचार भइरहेको छ । अस्पतालले सोमबार अपराह्न प्रेस विज्ञप्ति जारी गरी जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको तथा अवस्था चिन्ताजनक रहेको जनाएको छ ।
काठमाडौँ जिल्ला अदालतले नाबालिग किशोरीमाथि बलात्कार आरोपमा राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। न्यायाधीश दण्डपाणि शर्माको इजलासले लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको जिल्ला अदालत काठमाडौँका स्रेस्तेदार ज्ञानेन्द्र इटनीले जानकारी दिनुभयो। बलात्कार आरोप लाग्दा क्यारेबियन प्रिमियर लिग खेल्न नेपालबाहिर रहेका खेलाडी लामिछानेलाई असोज २० गते स्वदेश फर्किं
भारततर्फ निकासी गर्ने गरी नेपालगञ्जमा राखिएको ठूलो परिमाणको जडीबुटी अझै निकासी हुन नसकेको व्यवसायीले बताएका छन् । भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा नसमेटिएको भन्दै भारतले आयात अनुमति नदिएको हो । यसले करिब दुई हजार ५०० टन बढी जडीबुटी निकासी हुन नसक्दा नेपालगञ्जस्थित जडीबुटी व्यवसायी सङ्घमै थन्किएको छ ।
कैलालीमा सोमबार मगर गोहीले एक बाख्रो मारेको छ । घोडाघोडी नगरपालिका –४ सुन्दरपुरमा रहेको घोडाघोडीको शाखा ताल टेडी पर्सिनियामा रहेको गोहीले स्थानीय डेगबहादुर खत्रीको बाख्रा मारेको हो ।
कहीँ नभएको जात्रा हाँडीगाउँमा आज सम्पन्न भएको छ । किम्वदतीअनुसार कुनै समयमा एक राजाका दुई छोरीहरु थिए । उनीहरुको सुत्केरी हुने समय एकै भयो । दिदीले सुत्केरी गराउन नारायण भगवानको शक्ति आवश्यक रहेको बताए पनि बहिनीले यस कुरामा विश्वास गरेकी थिएनन् । जसकारण दिदीले सफलतापूर्वक सन्तानलाई जन्म दिए पनि बहिनीको १२ वर्षसम्म पनि सन्तान जन्म भएन ।
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशले पहिलो स्वर्णपदक जितेको छ । फेन्सिङमा शिक्षा नापितले स्वर्ण जितेसँगै बागमतीले खाता खोलेको हो ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारहरुले सामाजिक सञ्जाल समेतको प्रयोग गरी प्रचारप्रसार एवं विज्ञापन गरेकोमा आयोगको ध्यानाकर्षण भएको छ ।
स्याङ्जाको वालिङमा एक पुरुषका सर्पले डसेर मृत्यु भएको छ । स्याङ्जाको वालिङ –८ बोगटीडाँडाका ४२ वर्षीय तिलबहादुर खाणको उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा ज्यान गएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जनाकारी दिनुभयो ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा विभागीण् टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सोमबार भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ६३ रनले हरायो ।
आईतबार गएको पहिरोमा परी सख्त घाइते भएकाहरुको उद्धारका लागि सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टर अवतरण गर्न नसकेपछि कालिकोटमा अवतरण गरेको छ । कालिकोटबाट बाजुुरा हुँदै हुम्ला जाने क्षेत्रको खराब मौसमको कारण हेलिकोप्टर डेढ घण्टादेखि कालिकोटमा अवतरण गरी रोकिएको छ ।
काठमाडौं महानगरपालिका–१५ स्वयम्भूबाट हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–२ हांसवा घर भएका २५ वर्षीय राजाबाबु भन्ने श्रीलाल ठाकुर छन् । ठाकुरलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरुको उजुरीमाथि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले छानविन गर्ने जनाएको छ ।