नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा विभागीय टोली टोली नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार भएको खेलमा एपीएफले बागमती प्रदेशलाई चार विकेटले हरायो ।
गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई दुई तिहाई बहुमत दिन आम मतदातालाई आग्रह गर्नुभएको छ।
पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार २२२ जनाको कोरोना परीक्षण गर्दा ४४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनसिपमा भाग लिन नेपाली टोलि मंगलबार बंगलादेश प्रस्थान गरेको छ । अक्टोबर १२ देखि २१ सम्म ढाकामा आयोजना हुने प्रतियोगितामा नेपालको तर्फबाट ५ खेलाडी तथा १ आर्विटर गरी ६ जनाको सहभागीता रहने छ ।
भेनेजुएलामा बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ । सो पहिरोमा परेर अरु ५६ जना बेपत्ता भएका यहाँका उद्धारकर्मीहरुले जनाएका छन् ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्न दशैंको अवधिमा मात्र करिव १६ हजार भक्तजन आएका छन्। दशैंको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन्।
संयुक्त राज्य अमेरिका र अन्य जी७ शक्तिहरूले युक्रेनमा रूसले भर्खरै गरेको बमविष्फोटको बारेमा मङ्गलबार सङ्कट वार्ता गर्ने भएका छन् ।
काठमाडौं, असोज २५ गते । फिल्म 'फोन भूत'को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको ट्रेलरमा कट्रीना भूतको भूमिकामा देखिएकी छन् । यो फिल्मलाई गुरमीत सिंहले निर्देशन गर्नुभएको हो । कमेडी हरर फिल्ममा कट्रीना कैफ, सिद्धान्त चतुर्वेदी र इशान खट्टर, ज्याकी श्राफ, निधि विष्ट, केदार शन्कार, मनुज शर्मालगायत कलाकारको अभिनय छ । कट्रीना, सिद्धान्त र इशान पहिलो पटक एकसाथ देखिएका छन् । रितेश सिधवानी र फरहान अख्तरको निर्माणमा बनेको फिल्मको कथा रवि शङ्कर र जस्भिन्दर सिंहले तयार पार्नुभएको हो ।यो फिल्म कार्तिक १८ गतेदेखि प्रदर्शन हुने भएको छ ।
त्तरी इरानको गिलान प्रान्तस्थित एक बन्दीगृहमा त्यहाँका बन्दीहरुका बीचमा भिडन्त भएको बताइएको छ । सो भिडन्तमा परेर कैयौँ कैदीबन्दी मारिएका अनुमान गरिएको छ ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जवाफ पठाउनुभएको छ । उहाँले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा पत्नी डा. आरजु राणा देउवामार्फत उजुरीको जवाफ बुझाउनु भएको हो ।
अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकाका करिव ८ सय घर डुबानमा परेका छन् । सोमबार साँझदेखि पसेको कर्णालीको बाढीका कारण कर्णाली आसपासका केही गाउँहरु डुबानमा परेका हुन् ।
मङ्गलबार गैर आवासीय नेपाली सङ्घको वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले निकट भविष्यमा गैर नागरिकतासम्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि शनिबार शिक्षण अस्पताल भर्ना हुनुभएको राष्ट्रपति भण्डारी आज (मङ्गलबार) डिस्चार्ज हुुनुभएको हो ।
दशैं मनाउन मन्त्री, नेता र कर्मचारीहरु जिल्ला जाँदा सिंहदरबार सुनसान बनेको छ । दशैं सकिएर सरकारी कार्यालयहरु खुल्न थालिसक्दा पनि सिंहदरबारमा चहलपहल भने त्यत्ति बाक्लो देखिँदैन ।
अदामा आफ्नो गाउँमा फर्किएकी छन् । उनी भन्छिन्, “जीवन जिउन निकै गाह्रो भयो ।” आमाबुवा हुँदा आफ्नो जीवन केही सहज भएको उनी बताउँछिन् । पैसा हुँदैनथ्यो, उनका लागि विकल्प त्यतिबेला नै सीमित थिए । उनी विद्यालय गइन् । उनका बुवा उनी १२ वर्ष हुँदा बिते र केही वर्षमा आमाले पनि बिदा लिइन् । त्यसपछि जीवन झनै कठिन भयो । पश्चिम केन्याको ग्रामीण भेगमा रहेको गाउँमा उनी बस्छिन् ।