चलचित्र ‘महापुरुष’को हल ट्रेलर रिलिज गरिएको छ। केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलसँगै विभिन्न फेसबुक पेज र एकाउन्टमार्फत ट्रेलर रिलिज गरिएको हो। सामाजिक विषयवस्तु र पारिवारिक कथामा आधारित चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, रवीन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, सिरू विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सबिन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेललगायतको अभिनय छ। चलचित्रमार्फत अरुण क्षेत्री र अञ्जना बराइलीले डेब्यु गर्दै हुनुहुन्छ।
दाङमा प्रतिनिधि सभा निर्वाचनका लागि तीनवटै निर्वाचन क्षेत्रमा महिला नेत्रीहरू माथिल्लो तहका नेतासँग भिड्दै छन्। ठूला दलमध्येबाटै दाङमा तीनवटै निर्वाचन क्षेत्रमा महिला उम्मेदवार छन्। निर्वाचन क्षेत्र नं. १ मा नेकपा एकीकृत समाजवादीका नेता तथा सहरी विकासमन्त्री मेटमणि चौधरीसँग नेकपा एमालेकी नेत्री शान्ता चौधरी भिड्दै हुनुहुन्छ। मन्त्री चौधरी गठबन्धनतर्फबाट उम्मेदवार बन्नुभएको हो।
वर्षा लागेसँगै फाट्टफुट्ट देखा परेको डेंगु पछिल्लो समय भयावह बन्दै गएको छ । फैलिदो क्रममा रहेको डेंगुको प्रकोपबाट मधेश प्रदेशका आठ वटै जिल्ला आक्रान्त छन् । अस्पतालहरुमा डेंगुका विरामी भरिदै गएका छन् । उपचारकै क्रममा दुई जनाको मृत्यु भएको छ ।
लगातारको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लाको जनजीवन कष्टकर बनेको छ। बाढी र पहिरोका कारण सयौँ परिवार विस्थापित भएका छन्। तराईका जिल्लामा डुबान र पहाडमा पहिरोले सर्वसाधारणलाई समस्या पारेको छ। बाँके/नेपालगञ्ज समाचारदाताका अनुसार, बाँकेको राप्ती नदीआसपासका बस्ती अति नै प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार बाढीका कारण करिब नौ हजार घरपरिवार प्रभावित भएका छन्। राप्ती नदीछेउछाउमा रहेका राप्ती–सोनारी गाउँपालिका, नरैनापुर गाउँपालिका र डुडुवा गाउँपालिकाका विभिन्न बस्तीमा क्षति पुगेको छ।
प्रकृतिले मानव हितका निम्ति विभिन्न तत्व उपलब्ध गराएको छ। त्यस्ता तत्वको उपयोगका लागि अध्ययन, अनुसन्धान तथा अन्वेषण आवश्यक हुन्छ। जैविक इन्धनको प्रचुर प्रयोगले विगत एक सय वर्षमा संसारमा आर्थिक तथा सामाजिक विकासले गति त लियो तर विश्व तापमानमा आएको बढोत्तरीको प्रभाव जलवायु परिवर्तनमा परिरहेको छ। बढी जैविक इन्धन प्रयोगका कारण उत्सर्जित कार्बनको प्रतिकूल प्रभाव मूल चुनौती भएको छ। परिणामस्वरूप बेमौसममा निरन्तर वर्षा हुने, बाढीपहिरो जाने, खडेरीलगायतका समस्या देखा परिरहेकै छन्। यस्तो समस्या विश्वभर छ। हाम्रै देशको कुरा गर्ने हो भने पनि जलवायु परिवर्तनका कारण मौ
लोक प्रशासन लोक हितका लागि समर्पित हुनुपर्ने कुरामा कसैको बिमति छैन तर लोक प्रशासन नियम, कानुन र प्रक्रिया छरितो छैन। नियम, कानुन र प्रक्रियाको व्याख्या, आफ्ना मान्छे, चिनेजानेका मान्छे, स्वार्थ गाँसिएका मान्छे र ठूलाबडाका लागि अलगअलग हुनु चाहिँ अहिलेको मुख्य समस्या हो। सयौँको लाइनमा पालो कुरेर बस्नेलाई ओभरटेक गर्दै पहुँचवालाले चुड्कीका भरमा काम फत्ते गर्ने गराउने परिपाटीका कारण हाम्रो लोक प्रशासन आमसेवाग्राहीको नजरमा लोकप्रिय हुन सकेको छैन।
म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलमा बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा सिटी एफसी कोपनहेगनसँग गोलरहित बराबरीमा रोकिएको हो ।
शासकीय व्यवस्थाका कमजोरी हटाई त्यसमा सुधार ल्याउने उद्देश्य राखेर विकास गरिएको सुशासनको अवधारणा सर्वप्रथम विश्व बैङ्कले सन् १९८९ मा अफ्रिका महादेशमा पहिलो पटक प्रयोगमा ल्याएको हो। सन् १९९० को दशकका अन्तिम वर्षहरू सुशासन वर्षका रूपमा विश्वमा परिभाषित भई अहिले यो अवधारणा दिगो विकासको लक्ष्य हासिल गर्ने महìवपूर्ण औजारका रूपमा विकास भएको छ।
१. पद्मश्री पुरस्कार–२०७८ कसलाई प्रदान गरियो ? केशवराज ज्ञवाली (कथा सङ्ग्रह ः अर्को भोर) २०७९ असोज २३ मा ज्ञवालीलाई सो अवार्ड प्रदान गरिएको।
सङ्घीय संसद्को विशेषाधिकार १. चाडपर्व नजिकिएसँगै उपभोक्ताको हक हनन भएका समाचार पढ्न र सुन्न पाइन्छ। यस सन्दर्भमा उपभोक्ताको हकहितको संरक्षण गर्न बिक्रेता तथा सेवा प्रदायकको दायित्व के कस्तो रहन्छ उल्लेख गर्नुहोस् ।
नागरिक उन्मुक्ति पार्टीका दुई नेता रेशम चौधरी र लक्ष्मण थारू (चौधरी)को उम्मेदवारी खारेज भएको छ। चौधरीले बर्दिया क्षेत्र नम्बर २ र थारूले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएको थियो। टीकापुर घटनामा दोषी ठहर भई चौधरी जेलमा हुनुहुन्छ।
गोरखापत्र संस्थानमा कार्यरत कर्मचारीद्वय हरिकृष्ण अर्याल र हरिशरण पुरीलाई सम्मानपत्रसहित बिदाइ गरिएको छ। संस्थानमा मङ्गलबार आयोजित कार्यक्रममा संस्थानको सेवामा लामो समयदेखि कार्यरत कर्मचारीद्वय अर्याल र पुरीलाई संस्थान परिवारतर्फबाट बिदाइ गरिएको हो। संस्थान सेवामा २०५३ सालमा प्रवेश गर्नुभएका अर्यालले वरिष्ठ प्राविधिक सहायक पदबाट उमेरहदका कारण अवकाश पाउनुभएको हो। त्यसैगरी पुरीले सिनियर प्रेस म्यान पदबाट स्वेच्छिक अवकाश लिनुभएको हो।
नेपालमा हाइड्रोजनको व्यावसायिक उत्पादन र बजारीकरण नाफामुखी दृष्टिले तत्काल उपयुक्त नहुने निष्कर्षसहित नेपाल हरित हाइड्रोजन सम्मेलन सम्पन्न भएको छ । राजधानीमा सोमबार र मङ्गलबार दुई दिन भएको सम्मेलनले पहिलो चरणमा सरकारले पहल गरेको रासायनिक मल कारखानाको नमुना परियोजना सम्भव बनाउने र निजी क्षेत्रलाई ब्लिन्डेड फाइनान्सको मोडेलमा क्रमिक रूपमा समावेश गर्दै लैजान उपयुक्त हुने निष्कर्ष निकालेको छ ।
भरतपुर अस्पतालमा नयाँ इमर्जेन्सी (आकस्मिक) कक्ष सञ्चालन गरिएको छ। काम चलाउका रूपमा सञ्चालन हुँदै आएको आकस्मिक कक्षले बिरामीको चापलाई धान्न नसकेपछि दुई वर्ष अगाडिदेखि नयाँ इमर्जेन्सी भवन निर्माण सुरु गरिएको थियो। छ करोड ५० लाख रुपियाँको निर्माण लागत रहेको भवनमा पहिलो चरणमा पहिलो तला मात्र निर्माण गरिएको छ। अस्पतालका इन्जिनियर विपिन
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको पा“चथर जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि दुई प्रभावशाली नेताबीच रोचक प्रतिस्पर्धा हुने सङ्केत देखिएको छ। मङ्सिर ४ गते सम्पन्न हुन लागेको निर्वाचनमा कांग्रेसबाट केन्द्रीय सह महामन्त्री एवं संविधान सभा सदस्य भीष्मराज आङदेम्बे र एमालेबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वसन्तकुमार नेम्वाङको उम्मेदवारी दर्ता भएसँगै उहाँहरूबीच प्रतिस्पर्धा सुरु भएको हो।