• ११ असोज २०८१, शुक्रबार

आङदेम्बे र नेम्वाङबीच कडा प्रतिस्पर्धा

blog

फिदिम समाचारदाता

फिदिम, असोज २६ गते । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको पाँचथर जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि दुई प्रभावशाली नेताबीच रोचक प्रतिस्पर्धा हुने सङ्केत देखिएको छ। मङ्सिर ४ गते सम्पन्न हुन लागेको निर्वाचनमा कांग्रेसबाट केन्द्रीय सह महामन्त्री एवं संविधान सभा सदस्य भीष्मराज आङदेम्बे र एमालेबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वसन्तकुमार नेम्वाङको उम्मेदवारी दर्ता भएसँगै उहाँहरूबीच  प्रतिस्पर्धा सुरु भएको हो।

नेपाली कांग्रेसका सह महामन्त्री आङदेम्बे २०७० सालको निर्वाचनमा पाँचथर क्षेत्र नम्बर २ बाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो भने नेकपा (एमाले)का केन्द्रीय सदस्य नेम्वाङ एमालेबाट २०४८, २०५६ र २०७० सालको आम निर्वाचनमा प्रतिनिधि सभा सांसद चुनिनु भएको थियो।

२०७४ सालमा तेस्रो पटक चुनाव जित्नु भएका उहाँ पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा २०७६ देखि २०७८ सम्म भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्नुभएको थियो। नेकपा (एमाले)को पछिल्लो अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएसँगै एमालेले नेम्वाङलाई पा“चथर जिल्ला इन्चार्जको जिम्मेवारीसमेत दिएको छ। कांग्रेसका आङदेम्बे भने तीन कार्यकाल कांग्रेसको केन्द्रीय सदस्य र अनुशासन समिति संयोजक हु“दै गत मङ्सिरमा सम्पन्न महाधिवेशनबाट सह महामन्त्रीमा जिम्मेवारी पाउनुभएको हो।